आज २०७१ साल कार्तिक ८ गते भाईटिकाको दैनिक राशिफल
मेष (चू चे चो ला ली लु ले लो अ)
सामाजिक परिवेशमा रम्न मन लाग्ने छ । व्यक्तिगत भन्दा संस्थागत कार्य सफल रहने देखिएको छ । आर्थिक रुपमा मजबुती प्राप्त हुने छ । सोचेका कामहरु बन्ने छन् । प्रेम सम्बन्ध कमजोर होला । आय भन्दा व्यय भार बढ्ने छ । मित्रबाट असहयोग हुनेछ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
हीत सोचेर गरेको कामबाट अपजश आईपर्ने छ । गुप्त चिन्ताले सताउला । सामाजिक कार्यप्रति अनुत्तरदायी बनिने छ । बनिसकेको काम अन्त्यमा बिग्रन सक्ने छ । भनाइ र गराईमा आउने अन्तरले प्रतिष्ठा कमजोर हुनेछ । व्यय भार बढ्ने छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
भाग्योदयको योग रहेको छ । समयको गतिलाई चिन्न सक्दा आर्थिक कारोवार राम्रो हुनेछ । घरमा अतिथि सत्कार गर्ने अवसर मिल्ने छ । बौद्धिक वर्गबाट सहयोग सुझाव प्राप्त हुनेछ । रोकिएर बसेका काम बन्ने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आर्थिक रुपमा सम्वृद्धि मिल्ने छ । अरुको भलाइमा काम गर्ने बेला आएको छ । समाजमा पुज्य स्थान मिल्ने छ । लामो समयबाट रिक्त हुन गएका भेटघाटहरु बाक्लिने छन् । पद स्थापन हुने समय रहेको छ । अरुको कुरा सोच्दै नसोची गरेमा फसिने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
भनाइ र गराइमा आएको अन्तर कम गर्नु पर्ने आवश्यकता रहेको छ । विवादमा मध्यमार्गी भएर काम गर्नुहोला । गुमेको साख जोगाउन अग्रसरता लिनु जरुरी देखिएको छ । तपाईका हीत चिन्तकहरु उदाउने छन् । सामाजिक कार्यमा सम्मानित बनिएला ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
समय त्यति सन्तोषजनक रहेको छैन । काम गर्दा चनाखो हुनुपर्ला । गुप्त शत्रुको मार्गबाट असहयोग हुनेछ । गाडी वाहन बाधा हुनेछ । परिवारमा विश्वासको खाडल बढ्ने छ । बैदेसिक कार्य भने सफल रहने देखिएको छ । अरुको भरमा नपरेकै बेस ।
तुला (र री रु रे रो ता ती तू ते)
आर्थिक र सामाजिक दुवै क्षेत्रमा तपार्इंको नतिजा ठीक रहने छ । सामाजिक कार्यका लागि प्रेरित बनिने छ साथै सामाजिक कामबाट जश मिल्ने छ । आर्थिक रुपमा ब्यापार व्यवसाय फस्टाउने छ । झुठा आश्वासनहरु आउने छन् तर विश्वास नगर्नु होला ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आय र व्ययका समान अवसर आउने, जाने छन् । व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्नु आफू र समग्र परिवारका लागि घातक हुनेछ । बहुमूल्य बस्तु गुमाउनु पर्ला, होसियारी अपनाउनु होला । कलाकारितामा तपार्इंको उपस्थिति अपेक्षित रहेको छ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
रमाइला प्रसङ्गमा डुबिने छ । अरुको भरमा पर्दाको अवस्था दयनीय हुनेछ । आत्म जागरूक बन्नु पर्ने समय छ । तपार्इंका काम कुरालाई लिएर आलोचना तथा स्वागत दुवै हुनेछन् । आर्थिक अनियमितताले गम्भिर समस्या दिन सक्नेछ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
अध्ययन अध्यापनमा ठूलो प्रगति हुने समय छ । मनमा कति पनि बिचलित नभई अघि बढ्ने साहस गर्नु बेस हुनेछ । रमाइला काम, प्रसङ्गमा रम्न मन लाग्ने छ । तपार्इंको एकान्त प्रिय स्वभावका कारण परिवारमा निराशा बढ्ने छ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
टाढाका आफन्तको सहयोग सद्भाव रहने छ । मेसिनरी बस्तुको प्रयोगमा सावधान रहनु पर्ला । समाजमा कमजोर व्यक्तिको सहयोग र सदभावमा लाग्नु जरुरी रहेको छ । धार्मिक तथा आध्यात्म क्षेत्रमा तपार्इंको सहभागिता बढ्ने छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
आर्थिक असक्षमताको लागि तपाई स्वयम् जिम्मेवार हुनुहोला । परिवारमा मनमोटाव हुने योग रहेको छ । अरुलाई बिझाएर मार्का पर्ने गरी नबोलेको बेस हुनेछ । सम्मान र आलोचना एकै साथ पाउनु हुनेछ । आर्थिक आकाङ्क्षा उच्च रहने छ ।
0 comments
Write Down Your Responses