यसरी सुरु हुँदोरहेछ माया ?
सृष्टि ढकाल
सुरु–सुरुमा मलाई लाग्थ्यो कि, हामी कहिले चाँहि फोनमा कुरा गर्न पाइने हो । सधैं सोचमग्न भएर मात्र बस्ने गर्थे । आखिर त्यस्तो दिन पनि आयो, जुन त्यो दिन हामीले फोनमा लामो समयसम्म कुरा गर्यौं । सुरु–सुरुमा त मिठा मिठा कुराहरु गरियो, त्यसपछि माया पिरतीका कुरा पनि गर्न थालियो । अनि राम्ररी कुरा हुन थालेपछि च्याटमा समेत कुरा गर्ने परिबन्ध मिलेजस्तो भयो ।
समयले यस्ता कुराहरुलाई मनमा राखेर कति छिटो बित्यो त्यो पनि थाहा नै भएन् । कहिले त यो लामो रातको समय पनि कति थोरै लाग्थ्यो । जब बिहान हुन्थ्यो, अनि लाग्थ्यो कि कहिले साँझ पर्ला । साँझ परेपछि त्यो च्याट गर्ने समय कहिले आउने हो जस्तो लाग्थ्यो साँझको पर्खाइमा मेरा हरेक दिनहरु बित्न थाले । उहाँ कतिखेर अनलाइनमा आउँछन् भन्दै म बेला –बेलामा हेरिरहन्थे ।
जब उनी अनलाइनमा आउन ढिला हुन्थ्यो अनि मनमा अनेक भावनाहरु खेल्न थाल्थ्यो । अनि किन ढिलो गरेको होला, कतै केही त भएन तर मेरा यस्तो सोचलाई उनको ‘निन्द्रा’ ले भगं पारिदिएको जस्तो पनि सोच्ने गर्दथे । सोच्थे माया नै सबै थोक हो, सबै कुराले यसलाई कसैले पनि रोक्न सक्दैन । तर मलाई एउटै कुराको डर थियो कि कतै उनले मलाई छोडेर त जाने होइन् ।
उनको र मेरो बारेमा कुनै कुनै साथीहरुलाई पनि थाहा थियो र साथीहरु भन्ने गर्थे, ‘राम्ररी नचिनेको विश्वास नगर धोका होला’ तर म यस्ता कुराहरुलाई सुने पनि नसुेको झैं एक कानले सुनेर अर्को कानले उडाइ दिन्थे । मलाई लाग्छ, प्रेममा एक किसिमको शक्ति हुन्छ, सो शक्तिको कारण ले नै मलाई पछि धोका नहोला । यस्तै यस्तै सोचेर नै मनका भावनाहरुलाई शान्त पार्थे । म मेरो मायालाई सुमधुर बनाउन अनेक प्रयत्न गर्थे । प्रेममा गोडमेल, मलजल गर्न लागेको जस्तो लाग्न थाल्यो । उहाँ टाढा भएपनि सोच्थे समय आएपछि भेट हुन्छ होला । धैर्यता नै मायाको प्रतिक हो जस्तो लाग्छ । मेरो सोचाइ कहाँसम्म थियो भने, ‘मेरो प्रेम सफल हुन्छ, अनि त्यो सफल प्रेमलाई सुमधुर सम्बन्धमा जोड्ने छु ।’
प्रेमको परिबन्धमा परेपछि भविष्यका कुरा पनि सोच्ने गर्थे । कहिलेकाँही त मेरो मन बहकिने गर्दथ्यो कता–कता पो पुग्थ्यो । त्यसैले त्यो दिन आउने पर्खाइमा दिनरात तड्पेर बस्न बाध्य छु । मलाई लाग्छ कि, ‘ अन्त्यहरु सुरुवात भन्दा धेरै असजिलो हुन्छ’ पछि गएर केही त हुने होइन । कुनै बेला मानिसलाई यस्तो अफ्ठ्यारो पर्छ कि , ‘ कसैलाई चायर पनि पाइएन, कसैलाई पाएर पनि चाईएन’ पछि गएर मलाई पनि यही अवस्था सिर्जना त हुने होइन मनमा अनेक किसिमका भावनाहरु खेल्ने गर्छ ।
http://www.ratopati.com
0 comments
Write Down Your Responses