एक हजार मेगावाट विद्युत उत्पादन क्षमता भएको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित
धादिङ, कार्तिक ७ । जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना नेपाली श्रम र सीप तथा पूँजीको प्रयोग गरी यथाशीघ्र छिटो निर्माणको तयारी भएको जनाइएको छ । आर्थिक समृद्धिका लागि उर्जा खपत बढाउने उद्देश्यका साथ धादिङ र गोरखाको सीमानामा पर्ने आयोजनाका बारेमा प्रभावित क्षेत्रमा बासिन्दासँग गरिएको अन्तरक्रियाका अवसरमा आयोजनाका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले उक्त कुरा बताएका हुन् ।
एक हजार मेगावाट विद्युत उत्पादन हुने यस आयोजनाको प्रभाव मूल्यांकनका लागि आयोजना विकास समितिले धादिङका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।
आयोजनाबाट धादिङको १३ र गोरखाका १४ गरी २७ गाविसका स्थानीयहरु प्रभावित हुने बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले जनाएको छ ।
आयोजना सम्पन्न भएपछि १० रुपैयाँको दरले बिक्री गरेर राज्यलाई वार्षिक ३० अर्ब रुपैयाँ आम्दानी हुने समितिको अनुमान रहेको छ ।
जलाशययुक्त ताल ६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलने र पोखराको फेवाताल भन्दा १५ गुणा ठूलो हुने कार्यक्रममा जानकारी गराइएको थियो ।
http://imagekhabar.com
0 comments
Write Down Your Responses