भर्खरैको ताजा अपडेट. .मलेसियालाई हराउँदै नेपाल डिभिजन २ मा उक्लियो



काठमाडौं, कार्तिक १२ । नेपाल आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’मा उक्लिएको छ । मलेसियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को समूह चरणको आफ्नो अन्तिम खेलमा विजयी हुँदै नेपाल पुनः डिभिजन ‘टु’मा उक्लिएको हो ।

वर्षाले प्रभावित प्रतियोगिताको अन्तिम खेलमा बुधबार नेपालले ‘डकवर्थ लेविस’ नियमका आधारमा आयोजक मलेसियालाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालसमक्ष मलेसियाले १ सय ४३ रनको लक्ष्य पस्किएको थियो । मलेसियाले ४३ दशमलव ३ ओभरमा सबै विकेट सकाउँदै १४२ रन मात्र जोडेको हो ।

नेपालका लागि कसिलो बलिङ गर्नेक्रममा चार विकेट कप्तान पारस खड्का एक्लैले लिए भने भुवन कार्कीले तीन, शक्ति गौचनले दुई र सागर पुनले एक विकेट लिए ।

जवाफी ब्याटिङ थालेको नेपालले वर्षाले खेल अवरुद्ध हुनुपूर्व २५ ओभरमा २ विकेट गुमाएर ८९ रन जोडेको थियो । नेपालका नरेश बुढाऐरले अविजित ४२ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्ले ३५ रनको योगदान दिए ।


imagekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.