यमनमा आत्मघाती आक्रमणमा ४० जना मारिए
काठमाडौं, आश्विन २३ । यमनको राजधानी सानामा प्रदर्शनकारीहरुमाझ गराइएको आत्मघाती विष्फोटमा परी कम्तिमा ४० जना मारिएका छन् ।
त्यहाँका राष्ट्रपति अब्द्राब्बुह मन्सुर हादीले अहमद अजाद विन मुवारकलाई प्रधानमन्त्रीमा गरेको मनोनयविरुद्ध जिहादी शिया हुथिस विद्रोहीहरुले ताहरिर स्वायरमा प्रदर्शन गरेका थिए ।
गत महिना मात्र हुथिस लडाकुहरुलेसाना आफ्नो नियन्त्रणमा लिएपछि राष्ट्रपति हादी र उनीहरुबीच मुलुकमा जारी राजनीतिक संकट समाधन गर्न सम्झौता भएको थियो । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । (एजेन्सी) - See more at: http://imagekhabar.com/samachar/detail/42069/28/.shtml#sthash.eh7OwIyo.ebKQAapt.dpuf
0 comments
Write Down Your Responses