देउसी भन्दा स्वर बस्न पनि सक्छ ....स्वर बसेमा के गर्ने ?


खासगरी चिसो मौसममा घााटी दुख्ने र स्वर बस्ने समस्याले सताउने गर्दछ । बोल्दा घााटीमा पीडावोध हुन्छ । बोली नबुझिने हुन्छ । यसबाट जोगिने घरेलु उपायहरु पनि छन् ।

स्वर बसेमा के गर्ने
१) असुरो, हर्रो, पिपला र बोझोलाई समान मात्रा मिलाइ चूर्ण बनाउने अनि यस चूर्णलाई नियमित महसाग सेवन गरे घााटी बसेको निको हुन्छ ।

२) त्यस्तै, खयरलाई तोरीको तेलमा भिजाएर मुखमा राखिरहने गरेपनि घााटी दुखेको तथा स्वर बसेको समस्यामा आराम हुन्छ ।

३) सानो पिपला र सानो हर्रो दुबै समान मात्रामा मिसाइ चूर्ण सेवन गरेमा पनि स्वरभङ्गको समस्याबाट पार पाइन्छ । अथवा, मिश्री र सूठोलाई मिसाएर महसाग खाने गरेमा पनि आराम हुन्छ ।

४) यदि गला बसेको छ भने तातोपानीमा हिङ निल्नाले गला खुल्छ !

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.