किन हुन्छ मानिसमा नापुम्सकता ? एस्ता कारणहरु छन्

मानिसमा प्रजनन क्षमता गुम्नु वा नपुंसक हुनुका विभिन्न कारण हुन सक्छन्। मानसिक दबाब तथा डिप्रेसन, मदिरा तथा लागू औषधको लत, धूम्रपान, मोटोपन, मधुमेह, हृदयरोग तथा उच्च रक्तचापजस्ता समस्याले कालान्तरमा मानिसलाई नपुंसक बनाउन सक्छ। एक अध्ययनले आउँदा वर्षहरूमा विश्वमा

प्रजनन क्षमता गुमाउने मानिसको संख्या अझ बढ्ने र सन् २०२५ सम्ममा यस्ता नपुंसक मानिसमध्ये सबैभन्दा धेरै भारतीय हुने ठहर गरेको छ। मानिसलाई नपुंसक बनाउने तत्वमध्ये विश्व ऊष्णीकरण तथा जलवायु परिवर्तनसमेत महत्वपूर्ण कारकतत्व बन्ने विज्ञहरू बताउँछन्। यसका साथै अनियमित जीवनशैलीले समेत प्रजनन क्षमता नष्ट गर्न सहयोग गर्छ। विज्ञहरूका अनुसार विश्वमा नपुंसकताको सिकार भएकामध्ये सबैभन्दा धेरै मानिस एसिया, अफ्रिका तथा उत्तर अमेरिकामा छन्।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.