भारतसंग पहिलो पटक हारेको चीन

नेपालका दुइ ठुला छिमेकी भारत र चीनबीचको प्रतिष्पर्धा दिनप्रतिदिन रोचक बन्न थालेको छ।त्यसो त भविष्यको आर्थिक र सामरिक महाशक्ति बन्ने होडमा रहेका दुइ देशको सम्वन्ध पनि सहज, असहज वा संकटपुर्ण बन्न समय पनि लाग्दैन। लामो सिमाका कारण पनि दुइ देशबीच सम्वन्ध बेलाबेखत तनावबाट गुज्रने गर्दछ। यसका बाबजुद दुबै देशबीच व्यापारिक ठुलो साझेदारी समेत छ। भविष्यमा यो अझै बढ्ने अनुमान छ।

प्रसंग अन्तरिक्षमा भारत र चीनको रोचक प्रतिस्पर्धाको हो। केही हप्ता अघि मंगलग्रहमा सफल यान प्रपेक्षणपछि भारतमा ठुलो खुसियाली नै छायो। भारतीय सञ्चारमाध्यमहरुले यसलाई अत्याधिक महत्वका साथ स्थान दिए। विश्वभरका वैज्ञानिकहरु पनि भारतको सफलतामा नतमस्तक रहे।
Mars Orbiter Mission - India - ArtistsConcept nepali headlinesभारतले अन्तरिक्षमा प्रक्षेपण गरेको मंगलयानको कलात्मक प्रस्तुती
तर घट्नालाई नजिकैबाट नियालीरहेको चीनका सञ्चारमाध्यम भने भारतको यो सफलताबाट  असमञ्जसमा देखिए। भारतको यो सफलताले चिनियाँ सञ्चारमाध्यमहरु बेचैनरुपमा प्रस्तुत भए भन्दा अत्युक्ति हुँदैन्। त्यसैले त चर्चित दैनिक पत्रिका ग्लोवल टाइम्स सम्पादकियमा लेख्न बाध्य भयो-'भारतको यो सफलतालाई चीनले ईर्ष्या गरेको छैन्,चिनियाँ जनता जान्दछन् चीनले प्रविधी, आर्थिक क्षेत्र र सामजिक विकासमा भारतभन्दा बढि प्रगती गरिसकेको छ । '  नसोधिएको प्रश्नमा आएको यो जवाफ अर्थपुर्ण छ।

भारत भन्दा केही कदम अगाडी नै रहेको चीनलाई भारतको पछिल्लो सफलता 'च्यालेन्ज' थपेको छ। अमेरिकासंग टक्करमा रहेको चीन एसियामा अर्को आफ्नै हारहारीको शक्ति देख्न चाहिरहेको छैन्, जानकारहरु बताउँछन्। तर चीनले भारतसंग अन्तरिक्ष प्रतिष्पर्धामा पहिलो हार भने बेहोरेको छ।

के हो मंगलयान ?
गत महिना अर्थात सेप्टेम्वरको अन्त्यतिर भारतले अन्तरिक्षमा ऐतिहासिक सफलता हासिल गर्यो। इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन(इस्रो)ले मंगलयान नाम दिएको एक अन्तरिक्ष योजनाले सफलता हासिल गरे लगतै भारत  मंगलग्रहमा सफलतापुर्व यान पठाउने संसारको चौथो शक्ति बन्यो। यसअघि सोभियन युनियन, अमेरिका र युरोपेली युनियनले मात्र यसमा सफलता पाएका थिए। यो सुचिमा चीन कतै छैन्। 

भारत एकै पटकमा सफलता मंगलग्रहमा यान पठाउने सफलता प्राप्त गर्ने पहिलो मुलुक बन्यो भने एसियामा यस्तो गौरब हासिल गर्ने पहिलो मुलुक समेत बन्यो।
भारतमा मंगलग्रहमा पठाएको यानले मंगलग्रहका बारेमा अध्यन र अनुसन्धान गर्ने सघाउ पुर्याउने विश्वास गरिएको छ। भारतको 'इन्टरप्लानेटरी' सामर्थ्य अभिवृद्धीमा यो सफलताको विशेष महत्व छ ।
narendra modi on isro programमंगलयान प्रक्षेपण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
कहाँनेर दुख्यो चीनलाई ?
तर चीनको बेचैनीको पछाडीको खास कारण पनि छ। चीनलाई साह्रै दुखेको एउटा पाटो पनि छ। सन २०११ मै चीनले मंगलग्रहमा यान पठाउने कोशिस गरेको थियो। यिंगहुओ-१ नाम दिइएको उक्त योजना सफल भने हुन सकेन।

सन २०११ को ८ नोभेम्वरमा कजाकिस्तानबाट प्रपेक्षण गरिएको यानलाई नोभेम्वर २७ मै चाइना नेशनल स्पेस एडमिनिस्ट्रेसनले अन्तरिक्षमा हराएको घोषणा गरेको थियो। यसरी चीनको मंगल सपनाले हार खाएको थियो।यसैलाई पुष्टी हुने गरेर ग्लोवल टाइम्म थप लेख्दछन्-'भारत जस्तो वैज्ञानिक अनुसन्धानमा केही पछाडी रहेको देशले त मंगलग्रहमा यान पठाउन सक्दछ भने भविष्यमा चीनको यिंगहुओ-२ योजनाले पनि सफलता हासिल गर्ने पर्याप्त संभावना छ। त्यसैले चिनियाँ जनता भारतको सफलतामा खुसि छन्।'

चिनियाँ चित्त बुझाइ
ग्लोवल टाइम्म आफ्नो सम्पादकियमा अगाडी लेख्दछ-कुनै देशले सबै क्षेत्रमा आफूलाई उत्कृष्ट रहेको दाबी गर्नसक्दैन् तर भारतले चीनसंग प्रतिष्पर्धामा रहेको प्रमाण भने दिएको छ। भारतीय मंगलयानले चीनको यिंगहुओ-१ लाई पछि पारे पनि चीनले अन्तरिक्षमा महत्वपुर्ण सफलता हासिल गरिसकेको छ। मानव सहितको अन्तरिक्ष यानको उडान र अन्तरिक्षा स्टेशनको स्थापना चीनको मुख्य सफलता हुन्।

मंगलयानको सफलतासंगै चीन र भारतबीच अन्तरिक्षमा थप प्रतिष्पर्धा बढ्ने निश्चित छ । यो प्रतिष्पर्धा मानवजातिका लागि रोचक र फलदायीनै सावित होला, अनुमान गरौ । अन्तरिक्षमा छिमेकीहरुको यो प्रतिष्पर्धामा नेपालको केही लिनोदिनो नभएपनि नेपालझैं अझै करौडौ नागरिक गरिबीकै रेखामुनि रहेका दुबै देशले जनजीविका चर्का समस्यालाई कसरी पार लगाउँछन् त्यो भने नेपालका लागि पनि सिकाइको विषय हुनेछ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.