त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीका कारण तनाव !!!

  • पुष्प श्रेष्ठ Tribhuvan international airportर्इजरायल । बैदेशिक रोजगारिका लागी र्इजरायलको जेरूसेलममा कार्यरत कमला श्रेष्ठलार्इ त्रिभुवन अन्ताष्ट्रिय बिमान स्थलका कर्मचारीका कारण ३ दिन मानसिक तनाव सँगै थप रकम तिरेर र्इजरायल आउन परेको छ । बिगत ५ बर्ष देखि र्इजरायलमा कार्यरत कमला श्रेष्ठ उनको बुबाको असामहिक निधन भएपछि हिन्दु परम्परा अनुसार छोरीले गर्नु पर्ने काम फुकाउन उनी नेपाल गएकी थिइन् ।
गत सेप्टेम्बर ४ मा टर्कीस एयरलार्इन्सबाट पुगेकी श्रेष्ठको र्इजरायल फर्कने मिति चाही सेप्टेम्बर ३० रहेको थियो । सेप्टेम्बर ३० तारिखको बिहान ७ः ४५ को फ्लार्इटबाट उनी फेरी र्इजरायल आउन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा नियमानुसार ३ घन्टा अगावै प्रबेश गरीन् । जव उनि टर्कीस एरलार्इन्सको काउन्टरमा टिकट जाँचको लागि पुगिन त्यहा उनको टिकेटको कुनै वास्था भएन । त्यहाँ रहेका यरलार्इन्सका कमर्मचारीहरूले पासपोर्ट मागे , उनले पासपोर्ट दिइन् । पासपोर्ट हेरे पछि श्रेष्ठलार्इ एयरलार्इन्सको चेकीङ काउन्टरमा बसेका कमर्चारीहरूले र्इजरायल जान नपाइने भन्दै फर्कार्इ दिए । कारण थियो श्रेष्ठ बिगत ५ महिना देखी पेपर भिषाका काम गरिरहेको । पेपर भिसा भएको नेपालीहरूलार्इ नेपाल पुगेर फर्कने अधिकार र्इजरायल सरकारले दिएको छ ।
तर नेपाल गएर आउने नेपालीहरूलार्इ भने त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा कार्यरत एयरलार्इन्सका कर्मचारीको दादागिरीका कारण पटक पटक दुख दिन थाले पछि नेपाली राजदुताबास र्इजरायलले एउटा पत्र बनार्इ साथै पठाउने गरेको छ । जुन पत्रमा निज र्इजरायलमा कार्यरत रहको हुदाँ र्इजरायल आउन नियम सँगत भएको बुझीएकोले आवश्यक सहयोग गर्न भनि लेखिएको हुन्छ ।
यहि पत्र र र्इजरायल सरकारको परराष्ट्र मन्त्रालयले दिने प्रबेशाज्ञा देखाउदा सम्म पनि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा रहेको टर्किस एयरलार्यन्सका कमर्चारीले कुनै सुनुवार्इ नगरि जान नपाउनै भन्दै फर्कार्इ दिएको पीडित कमलाले बताइन् । जुनकाम बिमान स्थल भित्र रहेको अध्यागमन बिभागको गर्नु पर्ने थियो । तर यहाँ एयरलार्इन्सका नै कमचारीहरूले अध्यागमनको काम गर्न थाले पछि यात्रुहरू पटक पटक मारमा पर्न थालेको जानकारी सम्बन्धित निकायमा गराउदा समेत यसबारे कार्वाही नचलार्इ दिदा सम्बन्धित एयरलार्यन्सका कार्मचारीहरूको दादा गिरी अझै बढेर गएको छ । रोजगारीका लागी यसरी दुख पाउने कमला श्रेष्ठ त एउटा प्रतिनिधि पात्र मात्रहुन सयौले दैनिक रूपमा अनेकन दुख पार्इ रहेको छन् । एयरपोर्ट प्रबेश गरे पछि कुनै समस्या भएमा अध्यागमन बिभाग को हटलार्इन,मोवार्इल, लगाएतका फोन नंम्बरहरू सार्वजनिक गरिएको छ । तर चाहिएको बेला यि फोन नंम्बरहरू कहिले रिसिभ हुदैन । कमला श्रेष्ठ पनि यहि मार मा परिन एरपोर्टबाट फर्किए पछि उनले अध्यागमन बिभागले दिएको सम्पुर्ण टेलिफोन नंम्बरहरूमा फोन गरिन तर कहि कतैबाट उनको फोन रिसिभ हुन सकेन त्यस पछि उनले र्इजरायलमा रहेको साथीहरूलार्इ सम्पर्क गरि र्इजरायलका लागी नेपाली राजदुताबासमा सम्पर्क गरेर एक दिन भरिैको प्रयाशमा उनि गत ४ तारिख र्इजरायल आउन सफल भएकी हुन् ।
नेपाली राजदुताबास र्इजरायलको सहयोगमा उनले नेपाल स्थित र्इजरायली राजदुताबास बाट कमला श्रेष्ठ र्इजरायलमा कार्यरत भएकोले निजलार्इ जान दिन भन्ने आशयको पत्र पाए पछिमात्र उनी र्इजरायल प्रबेश गर्न पाएको हुन ।
र्इजरायल सरकारले बिदेशीकामदारहरूका लागी कुनै कामले आफ्नो देश जान चहान्छ भने रि र्इन्ट्री भिषा उपलब्ध गरार्इ दिन्छ । त्यो नै सबै भन्दा ठुलो प्रमाण हो । एयरलार्इन्सका कर्मचारीलार्इ यो प्रमाणको कुनै मतलब भएन सिधै जान नपार्ने भन्दै फर्काएर बहादुरीको पहिचान दिलाए । एयलार्इन्सको काम भिषा जाच गर्ने की टिकट जाच गर्नेहो एक चोटी सम्बन्धित निकायले सम्झार्इ दिने पो होकी ।
यदि भिषा जाच गर्ने हो भने बिमान स्थलभित्र अध्यागमन बिभागको स्थापना गरेर कर्मचारी खटार्इ राख्न किन जरूरत पर्यो । सिधै एयरलार्इन्स कै कर्मचारीलार्इ नै यसको जिम्मेवारी दिए हुने थिएन हैन भने अनाहकमा रोजगारीका लागी बिदेशिएका नेपालीहरूलार्इ किन एयरलार्यन्सका कमचारीहरूले पटक पटक दुख दिने गर्छन ।
टर्किस एयरलार्इन्सका नै कमर्चारीको कारण कमला श्रेष्ठले ३ दिन मानसिक तनावबाट गुज्रनु पर्यो । त्यतिमात्र नभएर थप ८ हजार ५ सय रूपैया बुझाएर उनी बल्ल र्इजरायल सफल भइन् । आगामी दिनमा यस्ता कार्यले बिदेसिन बाध्य नेपालीहरूले दुख पाउन नपरोस र नियम सँगत आफ्नो कामको जिम्मेवारी लिन त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलभित्रका एयरलार्इन्समा कार्यरत कमर्चारीहरूमा अनुरोध इजरायलबासीहरुले गरेका छन् ।
पिडित कमला भन्छिन्– ‘तपार्इहरूको कारणले कुनै पनि नेपालीले मानसिक दुख पाउन नपरोस सम्बन्धित देशमा फर्कनका लागी प्रबेशाज्ञा हातमा हुदाँ हुदै रोक्ने अधिकार तपार्इमा छैन । ’

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.