मृदुलाले भनिन्–‘मैले लगाएको कट्टु होइन, राम्रो सँग हेरे हुन्छ’
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणका बेला एउटा फोटो निकै चर्चामा आयो ।
प्रधानमन्त्रकिी टाढाकी वहिनी एवं जनसम्पर्क सल्लाहकार मृदुला कोइराला कुटनीतिक भेटघाटका क्रममा प्रधानमन्त्रीको ठिक पछाडि हात बाँधेर उभिएकी थिइन् ।
उनले स्किन कलरको पाइन्ट लगाएकी थिइन् भने सेतो स्वेटरको भित्रपटी लामो टिसर्ट लगाएकी थिइन् । झट्ट हेर्दा कट्टु मात्र लगाएको देखिने मृदुलाको उक्त पहिरनको विषयमा राजधानीमा ठुलै चर्चा परिचर्चा भए ।
तर, लामो समय सम्म मौन रहेकी मृलुलाले आफुले लगाएको पहिरनको बारेमा बल्ला स्पस्टिकरण दिएकी छन् । उनले आफुले पाइन्ट लगाएको र कुटनीतिक मर्यादा भंगहुने कुनै पनि काम नगरेको प्रस्ट पारेकी छन् ।
उक्त तस्वीर प्रधानमन्त्रीका प्रेस संयोजक प्काश अधिकारीले प्रधानमन्त्री र अमेरिकी कुटनीतिक नियोगका अधिकारीबीचको भेटघाट तत्काल नेपाली मिडियामा जाओस् भनेर पोस्ट गरेका थिए । उक्त तस्वीका विषयमा प्रकाश र मृदुलाका बीच पनि सम्बन्ध चिसिएको थियो ।
मृदुलाले उक्त पोटोलाई जुम गरेर हेर्न र प्रतिकृया जनाउन भनेकी छन् । उनले नयाँ पत्रिकासँग कुराकानी गर्दै ‘मैले लगाएको पाइन्ट नै हो, जुम गरेर हेरे हुन्छ’ भनेकी हुन् ।
अमेरिका पुगेका प्रधानमन्त्रीको सरल पनाको फइदा उठाउँदै अन्य व्यक्तिहरुले पनि उनलाई अंगालो मारेर फोटो खिचाएका थिए । ती फोटोहरुलाई लिएर पनि प्रधानमन्त्रीको आलोचना भएका थिए ।
0 comments
Write Down Your Responses