विद्यार्थीलाई चुम्बन प्रतिबन्ध : विद्यार्थीको भावनामाथि खेलवाड
एजेन्सी । युनिभर्सिटी अफ जिम्बाबेले विद्यार्थीहरुमाथि चुम्बन प्रतिबन्ध लगाएको छ । विश्वविद्यालको यो निर्णयलाई विद्यार्थीले भने बेतुकको रोक भनेका छन् ।
उनीहरुले विश्वविद्यालयले चुम्बन प्रतिबन्ध लगाएर विद्यार्थीको भावनामाथि खेलवाड गरेको भन्दै यो निर्णयको आलोचना गरेका छन् ।
विश्वविद्यालयले केहि दिन पहिले एक सर्कुलर जारी गर्दै ‘अन्तरंग अवस्थामा भेटीए’ कारबाहि गर्ने चेतावनी दिएको थियो ।
विद्यर्थीको प्रतिनिधिमन्डलले विश्वविद्यालय प्रशासनसँग भेटी यस्तो निर्णय फिर्ता लिन आग्रह समेत गरेका छन् ।
उनीहरुले चुम्बन र आलिंगनले एक अर्काका बीचमा आदर, सद्धभाव र मायाँ बढ्ने भएकाले रोक्न नहुने बताउँदै आएका छन् ।
विद्यार्थीहरुको आग्रहको विश्वविद्यालयले कुनै सुनुवाइ गरेको छैन । यो सर्कुलर नयाँ शैक्षिक सत्र सुरु हुनासाथ जारी गरिएको थियो ।
सर्कुलरमा कसैले चुम्बन गरेको भेटीए दुब्यवहार ठानी विश्वविद्यालयबाटै नियकासित गरिने उल्लेख छ ।
यो सर्कुलरमा विभिन्न ११ वटा गतिविधिलाई रोक लगाइएको छ ।
http://www.nepalsandesh.com
0 comments
Write Down Your Responses