प्रधानमन्त्रीको बैंक खाता छैन रे, भन्नुहुन्छ हातमै तलब थाप्छु...प्रतिक्रिया दिनुहोस




काठमाडौं,कात्तिक १३– प्रधानमन्त्री सुशील कोइरालाको कुनै पनि बैंकमा खाता छैन । आग्रह गर्दा पनि उनले बैंक खाता नखोलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हातैमा तलब दिने गरेको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्री तथा मातहतका सबै कर्मचारीको तलब बैंक खातामा पठाउने गरेको छ । छ । तर,प्रधानमन्त्री कोइराला र उनको स्वकीय सचिवालयका कर्मचारीको बैंक खाता नआएपछि हातैमा तलब दिने गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।  

आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ – बैंक खाता नभएपछि व्यवस्थित रुपमा तलब पठाउन समस्या हुने कार्यालयका एक अधिकारीले बताए । ती अधिकारीले भने,‘प्रधानमन्त्रीसहित स्वकीय सचिवालयका सबै कर्मचारीको खाता भए सीधै बैंकमा तलब पठाउन सकिन्थ्यो । खाता नखोलेपछि सबैको नाममा छुट्टाछुट्टै चेक काटेर दिने गरिएको छ ।’ हाल प्रधानमन्त्री कोइराला र स्वकीय सचिवालयका सबै कर्मचारीको तलबको छुट्टाछुट्टै चेक उनका प्रमुख स्वकीय सचिव बसन्त गौतमले बुझेर सबैलाई दिने गरेका छन् ।

www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.