गैरकानुनी रुपमा अमेरिका जाँदै गरेका नेपालीहरु कोस्टारिकामा पक्राउ

arrest-costa-ricaकोस्टारिका, असोज २०– गैरकानुनी रुपमा अमेरिका जाँदै गरेका नेपालीहरुलाई एक महिनाको अवधिमा दुई पटक पक्राउ गरेको छ । यस्तै फेरि गैर कानुनी रुपमा अमेरिका जाँदै गरेका थप ८ जना नेपालीको समूह कोस्टारिकामा पक्राउ परेका छन् । कोस्टारिकाको पन्टारेनासमा पिकअप ट्रकमा लुकेर यात्रा गर्दै रहेका आठ जना नेपाली एक साताअघि पक्राउ गरेको कोस्टारिकाको टिको टाइम्स पत्रिकाले जनाएको छ । गाडीलाइै रोक्न खोज्दा ती यात्रुहरु भने भाग्न खोजेका थिए । तर लुकेर रहेका ती यात्रुहरुलाई सुरक्षाकर्मीले समातेर सोधपुछ गर्दा नेपालबाट आएको बयान दिएको सो पत्रिकाले उल्लेख गरेको छ । यसअघि पनि दुई छुट्टाछुट्टै स्थानबाट नेपाली नागरिक पक्राउ परेका थिए । नेपाली एजेन्टहरुले नै मोटो रकम असुली गरेर गैरकानुनी रुपमा पनामा हुँदै अमेरिका पुर्याउने काम गर्ने गर्दछन् । कोस्टारिकामा पक्राउ पर्ने नेपालीहरुलाई गैरकानुनी रुपमा अर्काको देशमा प्रवेश गरेको हुनाले अध्यागमनसम्बन्धी एैन अनुसार कारबाही हुने बताएको छ । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.