विश्वमै चर्चा कमाएका २ जुम्ल्याहा गाउँ


 विश्वका बिभिन्न कुराहरुले आ– आफ्नो विशेषताका आधारमा चर्चा कमाइरहेका हुन्छन् ।
यस्तै एउटा यस्तो गाउँ छ जुन संसारमै सबैभन्दा बढि जुम्ल्याहा रहेको गाउँ भनेर चिनिन्छ । यो सुनेर तपाई छक्क नपर्नुस विश्वमा सबैभन्दा धेरै जुम्ल्याहा जन्मिने गाउँ नाइजेरियामा छ । नाइजेरियाको इग्बो ओरा गाउँमा औसत १ हजार जन्ममा १ सय ४५ जुम्ल्याहा जन्मिने गरेका छन् ।
 यसैगरी विश्वमा बढि जुम्ल्याहा जन्माउने दोस्रो गाउँ भने हाम्रै छिमेकी मुलुक भारतमा रहेको छ । भारतको केरलाको मलप्पुरम जिल्लामा रहेको कोडिन्ही गाउँ नै विश्वमा धेरै जुम्ल्याहा बच्चा जन्मिने दोस्रो गाउँ हो । जुम्ल्याहा गाउँका नामले समेत परिचित सो गाउँमा जन्मिने १ हजार बच्चा मध्ये ४५ जना जुम्ल्याहा पैदा हुने गरेका छन् ।
मुस्लिम बाहुल्यता रहेको त्यो गाउँमा २ हजार जनसंख्या छ । जसमध्ये २ सय ५० भन्दा बढि जुम्ल्याहा छन् । यो गाउँमा स्कुल तथा आसपासको बजारमा समेत एउटै अनुहार भएका मानिसहरु छ्यापछ्यापी भेटिन्छन् ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.