अमेरिकी सेनाद्वारा आईएस लडाकुको हतियार भण्डार ध्वस्त

काठमाडौं, आश्विन २३ ।  अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र टर्कीको सीमामा रहेको कोबान शहरमा इस्लामिक स्टेटका लडाकुविरुद्ध भीषण आक्रमण जारी राखेका छन् ।
हवाई आक्रमणमा लडाकूको हतियार भण्डार ध्वस्त गरिएको बताइएको छ । हवाई आक्रमण प्रभावकारी बन्दै गरेको र आईएस लडाकू पछि हट्न बाध्य हुन थालेका एक कुर्दिस अधिकारीलेदावी गरेका छन् ।
तीन सातादेखिको संघर्षमा ४ सयभन्दा बढी व्यक्ति मारिनुका साथै एक लाख ६० हजारभन्दा बढी नागरिक अन्यत्र पलायन भएका छन् । कोबान शहर आईएसको नियन्त्रणमा आएमा सिरिया र टर्कीको लामो सीमा क्षेत्र नियन्त्रणमा जाने छ । आईएसले सिरिया र इराकको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.