कृषिमा पनि दलालहरु सल्बलौदै,किसान ठगिंदै,सम्वन्धित निकाय मौन


झापा,११ कार्तिक । केही महिना अगाडि एलोभेरा खेतीमा थोरै लगानी गरेर धेरै कमाउने झुटो आश्वासन दिएर किसानहरुको करोडौं रुपैयाँ ठगि गर्दैै आएको समाचार कृषि अनलाईनमा प्रकाशित गरेपछि एलोभेरा खेतीमा ठगिएका किसानहरुले त्यसको विरुद्ध संघर्ष गरेपछि एलोभेरा खेतीबाट लाखौ कमाउने झुठो आश्वासन दिएर रकम असुली रहेका पाम एग्रोटेकका सञ्चालक यतिखेर जेलमा छन् । त्यही टिमसँग एलोभेरा खेतीका नाममा किसानसँग रकम असुल्दै आएको अर्को समूह पाम एग्रोटेकको विवाद आएपछि छुट्टै समूह गठन गरी एलोभेरा खेती गर्न किसानहरुलाई उत्साहित गर्दै रकम असुल्दै आएको घार नामक कम्पनीले किसानहरुको रकम त असुल्न सफल भयो एलोभेरा उत्पादन गर्ने किसानहरु भने मारमा परिरहेका छन् ।

किसानले उत्पादन गरेको एलोभेर विक्री नभएर खेतमा नै सुकेर गएपछि किसानहरु आक्रान्त बनेका छन् । एकातिर किसानहरुको रुवाबासी चलिरहेको छ । अर्कोतिर किसान ठग्ने तरीकामा परिवर्तन आएको छ । घार नामम संस्थाका सञ्चालक समेत रहेका रुन्द्रेश्वर राई एलोभेरामा किसानहरुले विश्वास नगरेपछि सेतो मुसलीको नाममा लाखौंको सपना बाँडिरहेका छन् । बार्षिक ९ लाख ७७ हजार लगानी गरेर बार्षिक २१ लाख ६० हजार कमाउन सकिने झुठको खेती गरी सेतो मुसलीको विरुवा धमाधम बेचिरहेका छन् । तर किसानहरुले आफू ठगिएको पत्तो पाएका छैनन् ।

घारबाट सेतो मुसुलीका विरुवा किनेर यसको खेती गरिरहेका किसानहरु केहीले आफू ठगिएको अनुभूति गरिसकेका छन् भने झापा लगाए छिमेकी जिल्लाका किसानहरु ठगिने क्रम जारी छ ।
सेतो मुसलीको नाममा किसान ठगिएको विषयमा घार सञ्चालक रुद्रेश्वर राईसँग सम्पर्क गर्दा उनी आफू सफल भईरहेकोले कोही किसान असफल भएको आपूmले जिम्मा नलिने बताउँछन् । तर सेतो मसुलीबाट प्रशोधनका लागि आफूले काठमाडौंमा कारखाना खोलेको र त्यही प्रशोधन गर्ने भएकाले किसानहरु नठगिने उनको भनाई छ ।

यद्यपी घारका सञ्चालकले सेतो मुसलीबाट विगत दुई बर्षको अवधिका एउटा किसान पनि सफल भएको देखाउन सकेनन् । यसले के प्रष्ट पार्दछ भने एलोभेरामा जस्तै सेतो मुसलीबाट पनि किसानहरुको करोडौं रुपैयाँ ठगिने क्रम जारी भएको प्रमाणित हुन्छ ।
झापामा भईरहेको मुसली खेतीका बारेमा जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमल्सेनाले भने आफूलाई जानकारी नआएको बताए ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.