विदेशबाट कामदार फर्किएमा ३० हजार क्षतिपूर्ति दिने

पोखरा आसपासमा रहेका मेनपावरका शाखा तथा प्रतिनिधिहरुले व्यवसायी तथा कामदारहरुलाई राहत प्रदान गर्ने उद्धेश्यले राहत कोषको स्थापना गर्ने भएका छन् ।
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ पोखराले आगामी मंसीर एक गतेबाट लागु गर्न लागेको कोषमा विदेश जाने कामदारले एक हजारका दरले जम्मा गर्नु पर्ने जनाइएको छ । संघले मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै राहत कोष स्थापना गर्ने निर्णय सार्वजनिक गरेको छ ।
‘विदेशमा पुगेर पीडित भइ फर्केका कामदारलाई राहत पुगोस् भनेर कोष स्थापना गर्न लागेका हौ ’ संघका कोषाध्यक्ष किरण बाँनियाले भने–‘ पोखराबाट उडेका कामदारलाई क्षतिपूर्ति बापत ३० हजार उपलब्ध गराइने छ ।’
पोखरा आसपासमा अहिले ४३ वटा शाखा तथा प्रतिनिधि कार्यालयहरु संचालनमा रहेका छन् । चार बर्ष अगाडि स्थापना भएको संघले ल्याउन लागेको कोषका विषयमा छलफल अन्तिम चरणमा पुगेकाले कानूनी प्रकृया पुरा गर्न सवैको सहयोग आवश्यक भएको संघका अध्यक्ष फणिन्द्र बरालले बताए ।
उनले भने–‘ आउने महिनाबाट कोष लागु हुने भएकाले सबैको सहयोगको अपेक्षा राखेका छौ,यसले सबैलाई फाइदा नै पुग्छ ।’
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले कोषले राहत उपलब्ध गराउनुको आलावा सामाजिक काम गर्न संघलाई आग्रह गरे । उनले भने–‘ व्यवसायी तथा एजेण्टहरुको छवि राम्रो बनाउन समाजिक काम पनि संघले गर्न थालोस् ।’ उनले पोखराको संघले थालेको काम नमूना भएको भन्दै सवैले अनुशरण गनुपर्ने बताए ।
कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालयका अधिकृत रामजी प्रसाद कोइराला र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासन अधिकृत रेवति बरालले मेनपावरका शाखाहरुले सकारात्मक काम गर्न आग्रह गर्दै कानूनमा रहेर चल्नु गर्ने बताए ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.