चुनावको १० महिनापछि बेवारिसे मतपत्र भेटियो, हँसिया हथौडामा छाप (भिडियोसहित)
पर्वत, आश्विन २४ । दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको १० महिनापछि पर्वतमा प्रत्यक्षतर्फको मतपत्र फेला परेको छ । सदरमुकाम कुश्माबजार नजिकै जल्केनीस्थित कालीगण्डकीको किनारमा करिव दुई सयओटा ‘संविधानसभा निर्वाचन २०७०’मा प्रयोग भएका मतपत्र भेटिएका हुन् ।
गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाइएका मतपत्र फेला परेपछि एकीकृत माओवादी
पर्वतका सचिव ढाकाराम गौतमले निर्वाचनमा धाँधली भएको यो प्रमाण भएको बताए ।
सो मतपत्र छिमेकी जिल्ला म्याग्दीको हुन सक्ने अनुमान पनि गरिएको छ । अधिकांश मतपत्रमा मतदान अधिकृत ‘श्याम’ को हस्ताक्षर छ । एकीकृत माओवादीले पत्रकार सम्मेलन गरी मतपत्रहरु सार्वजनिक गरेको छ । मतपत्रहरु पार्टी केन्द्रीय कार्यालयमा पठाइएको स्थानीय नेताहरुले जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले भने बेवारिसे अवस्थामा फेला परेका मतत्रपबारे गैरजिम्मेवार जवाफ दिएको छ । निर्वाचनको सम्पूर्ण प्रक्रिया तत्कालीन मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हुनाले जिल्ला निर्वाचन कार्यालयले जिम्मेवारी नलिने सो कार्यालयले जनाएको छ ।
निर्वाचनको प्रक्रिया र जिम्मेवारी समेत तत्कालै सकिएकोले मतपत्र बिसर्जनबारे आफूलाई कुनै जानकारी नभएको तत्कालीन मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले बताए ।
- See more at: http://imagekhabar.com/samachar/detail/42076/29/.shtml#sthash.hEooBhd8.BYdJT5Hv.dpuf
गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाइएका मतपत्र फेला परेपछि एकीकृत माओवादी
पर्वतका सचिव ढाकाराम गौतमले निर्वाचनमा धाँधली भएको यो प्रमाण भएको बताए ।सो मतपत्र छिमेकी जिल्ला म्याग्दीको हुन सक्ने अनुमान पनि गरिएको छ । अधिकांश मतपत्रमा मतदान अधिकृत ‘श्याम’ को हस्ताक्षर छ । एकीकृत माओवादीले पत्रकार सम्मेलन गरी मतपत्रहरु सार्वजनिक गरेको छ । मतपत्रहरु पार्टी केन्द्रीय कार्यालयमा पठाइएको स्थानीय नेताहरुले जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले भने बेवारिसे अवस्थामा फेला परेका मतत्रपबारे गैरजिम्मेवार जवाफ दिएको छ । निर्वाचनको सम्पूर्ण प्रक्रिया तत्कालीन मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हुनाले जिल्ला निर्वाचन कार्यालयले जिम्मेवारी नलिने सो कार्यालयले जनाएको छ ।
निर्वाचनको प्रक्रिया र जिम्मेवारी समेत तत्कालै सकिएकोले मतपत्र बिसर्जनबारे आफूलाई कुनै जानकारी नभएको तत्कालीन मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले बताए ।
.jpg)
0 comments
Write Down Your Responses