मुकेश अम्बानी आठौ बर्षमा पनि भारतकै धनी

फोब्र्सको सूचीमा भारतका १ सय धनीहरुको सूचीमा रहेका रिलाइन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार आठौं वर्षमा भारतका सर्वाधिक धनी व्यक्ति भएका छन् ।
 MUKESH AMBANI
भारतका सर्वाधिक १० धनी
१ मुकेश आम्बानी          २३ अर्ब डलर
२ दिलीप शांघवी            १८ अर्ब डलर
३ अजिम प्रेमजी           १६.४ अर्ब डलर
४ पालोन्जी मिस्त्री         १५.८ अर्ब डलर
५ लक्ष्मी मित्तल           १५.८ अर्ब डलर
६ हिन्दुजा ब्रदर्स           १३.३ अर्ब डलर
७ शिव नदार              १२.५ अर्ब डलर
८ गोदरेज फ्यामिली       ११.६ अर्ब डलर
९ कुमार बिरला               ९.२ डलर
१० सुनिल मित्तल          ७.८ अर्ब डलर
गत वर्षभन्दा यस वर्ष २.६ अमेरिकी डलर थप भई अम्बानीको खुद सम्पत्ति २३.६ अर्ब डलर पुगेको छ ।

सय जना भारतीय धनीहरुसम्बन्धी फोब्र्सको नयाँ सूचीअनुसार पहिलो पटक भारतका सय धनीहरुमा सबै अर्बपति रहेका छन् ।

उनीहरुको संयुक्त सम्पत्ति ३ सय ४६ अर्ब अमेरिकी डलर छ । यो सन् २०१३ को २ सय ५९ अर्ब अमेरिकी डलरभन्दा एकतिहाइले बढी हो ।

फोब्र्सको सूचीमा परेका भारतका सर्वाधिक दश धनीमा मुकेश अम्बानीपछि दिलीप शांधवी पर्न सफल भएका छन् । उनको सम्पत्ति १८ अर्ब डलर छ । शांधवीलाई पछ्याउँदै तेस्रो धनीको रुपमा दरिन अजिम प्रेमजी सफल भएका छन् । उनको सम्पत्ति १६.४ अर्ब रहेको छ ।

त्यस्तै अन्य धनीहरुमा पालोन्जी मिस्त्रि रहेका छन् । उनको सम्पत्ति १५.९ अर्ब डलर रहेको छ । लक्ष्मी मित्तल भने पाँचौ स्थानमा छन् ।

उनको सम्पत्ति ५.८ अर्ब डलर छ । हिन्दुजा ब्रदर्सको सम्पत्ति १३.३ अर्ब डलर छ भने शिव नार १२.४ अर्ब डलर सम्पत्तिका साथ भारतको सातौं धनीमा पर्न सफल भएका छन् । गोदरेज फ्यामिली ११.६ अर्ब डलर का सात ८ औं स्थानमा छन् भने कुमार विरला र सुनिल मित्तल क्रमशः नवौं र दशौं स्थानमा छन् । आजको कारोबार दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.