घुस खुवाउँदा पनि सरुवा नभएपछि बेहोस !

बारा,असोज ७ – सरुवाका लागि घुस खुवाउँदासमेत काम नभएपछि बाराका एक शिक्षक जिल्ला शिक्षा कार्यालयमै बेहोस भएका छन् ।जिल्ला शिक्षा कार्यालय बारामा कार्यरत कर्मचारी विद्यानन्दप्रसाद यादबलाई दिपनी उच्च माध्यमिक विद्यालय कोल्भीका शिक्षक वीरेन्द्र साहले आफ्नो सरुवा सदरमुकाम कलैयामा गरिदिन १५ हजार रुपियाँ घुस खुवाएको र निजको पैसा खाएर पनि शिक्षा कार्यालयका कर्मचारीहरले काम नगरि दिएपछि आइतबार कार्यालय परिसरमै शिक्षक साह बेहोस भएका हुन् । आजको गोरखापत्र दैनिक आफ्नो खबरको अगाडि लेख्छ–बेहोस शिक्षकलाई तत्काल उपचारका लागि कलैया अस्पतालमा लगिएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पतालमा पुर्‍याएको नेपाल शिक्षक युनियन बाराका अध्यक्ष भरत साहले बताए । जिल्ला शिक्षा कार्यालयमा सोमबार शिक्षकहरुका लागि आयोजित एक कार्याक्रममा सहभागी भई आफ्नो सरुवाको विषयलाई लिएर शिक्षा कार्यालयका कर्मचारी विद्यानन्दप्रसादसँग विवाद गरेका साह निजको कार्यकक्षमै बेहोस भई ढलेका थिए । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.