काठमाडौ । ईमेज ग्रुप अफ कम्पनीले आज साँझ राजधानी काठमाडौंमा आयोजना गरेको राष्ट्रकै संगीत आकाशको सवै भन्दा ठूलो अवार्ड ” ईमेज अवार्ड” अन्तर्गत “वेस्ट फिमेल भोकलिष्ट ईमेज अवार्ड” अन्ततः अन्जु पन्तको हातमा परेको छ । राजधानीमा आयोजित समारोहमा आयोजकले “वेस्ट फिमेल भोकलिष्ट ईमेज अवार्ड” को पंक्तिमा अन्जु पन्तको नाम घोषणा गरेको हो । यो खवरसँगै सर्वत्र खुशी छाएको छ । साथै केही दिन अघि देखी विरगंजमा रहनु भएकी गायीका अन्जु पन्तले आफू सो अवार्डवाट सम्मानित भएको थाहा पाएँ पछि निकै खुशी भएको कुरा टेलिफोनबाट जानकारी गराउनुभयो ।
केहि दिन देखि एता उहाँले सामाजिक संजालमा आफूमाथि भएको ज्यादती खप्न नसकीरहेको अवस्थामा “वेस्ट फिमेल भोकलिष्ट ईमेज अवार्ड” को खवरले आफ्नो दुखेको मनमा मलम पट्टी लगाउने काम भएको बताउनु भएको छ ।
मेरो पीडांको अवस्थामा पनि मेरा श्रोता, दर्शक तथा शुभ चिन्तकहरुले म प्रती देखाएको यो सदभाव देखेर म निकै कृतज्ञ भएको छु पन्तले भन्नुभयो, ‘ म उहाँहरु प्रती निकै आभारी छु,‘ आज मेरो गायनको श्रोता तथा दर्शकले सही कदर गर्नुभएको छ” भन्दै पन्तले आयोजकले यो अवार्ड आफ्नो पोल्टामा पारेकोले परमेश्वरले अन्ततः आफ्नो पक्षमा नै निर्णय गर्नुभएको अन्जुको भनाइ छ ।
यसको साथै पन्तले आफूलाई भोट गरी सो अवार्ड जित्न योग्यको बनाई माया दर्शाउनुहुनेहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । पन्तले भन्नुभयो, ‘आफू दुःखको अवस्थामा हुँदा मेरा प्यारा श्रोता, दर्शक तथा शुभ चिन्तकले ईमेज अवार्ड जिताई मलाई यती ठूलो सम्मान दिनुुुभएकोमा मैले त्यो अवार्डलाई श्रोता, दर्शक तथा शुभ चिन्तकको तर्फबाट प्रेमको पुष्प गुच्छा सम्झिएको छु ।” उहाँले आफ्नो लागि प्रार्थना गरेर साथ दिनुहुने सम्पूर्ण शुभ चिन्तकलाई समेत धन्यवाद दिनुभएको छ ।
ईमेज अवार्ड आफ्नो नाममा परेको खवरपछि वरिष्ठ संगीतकार आलोक श्रीले आफूलाइै फोन गरी वधाई दिनुभएको कुरा समेत पन्तले बताउनु भएको छ । यो अवार्ड संगीत क्षेत्रकै देशको सवै भन्दा ठूलो राष्ट्रिय अवार्ड मानिन्छ ।
अन्ततः ‘वेस्ट फिमेल भोकलिष्ट ईमेज अवार्ड’ अन्जु पन्तलाई
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses