संविधानसभाको दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित एक सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको छ । जसमा केन्द्रीय सदस्य, सभासद्, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्म छन् ।
अनुशासन समितिले मंगलबार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । केन्द्रीय समितिले अनुमोदन गरेपछि छानबिन समितिको सिफारिस कार्यान्वयनमा जानेछ । समितिले दोस्रो संविधानसभा चुनावमा भएको अन्तर्घातका विषयमा छानबिन गरेको थियो ।
sujata-koirala
छानबिन समितिले नेतृ कोइरालालाई बहाल रहेको पदीय दायित्व र जिम्मेवारीमा तीन महिनाको प्रतिबन्ध लगाएको छ । उनले मोरङ–१ का कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई हराउन भूमिका खेलेको छानबिन समितिको ठहर छ । उपाध्याय छानबिन समितिका पनि संयोजक हुन् ।
नेतृ कोइराला केन्द्रीय सदस्यसँगै पार्टीको विदेश विभाग प्रमुख पनि छिन् । उनी चुनावमा टिकट बाँड्ने संसदीय बोर्डको सदस्य र समानुपातिक सभासद् पनि हुन् ।
म मान्दिनँ, सभापतिले जवाफ दिनुपर्छ : सुजाता
आफ्नै उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा तपाईंलाई त कारबाही सिफारिस गरिएछ नि ?
यो आरोप लगाउने कुरा मात्रै हो । गिरिजाबाबुको क्षेत्रमा आफ्नै उम्मेदवारलाई हराउन म किन त्यस्तो गर्थेँ र ? म कसैलाई हराउन, जिताउन लागिनँ ।
तर, अनुशासन समितिले त तपाईंलाई तीन महिना निलम्बन गर्ने निर्णय नै गरेछ ?
मलाई पनि थाहा पाएर अचम्म लागेको छ । यद्यपि, मलाई त्यसको जानकारी आएको छैन । स्थानीयस्तरमै पनि ममाथि लगाइएको आरोपको ठूलो विरोध छ । चारजनाले गरेको त्यस्तो निर्णय म मान्दिनँ, सभापतिले त्यसको जवाफ दिनुपर्छ । केन्द्रीय समितिमा छलफल हुनुपर्छ ।
तपाईंले अन्तर्घात गरेको भिडियो र अडियो प्रमाण नै अनुशासन समितिले फेला पारेको छ रे नि ?
त्यस्तो प्रमाण छ भने त देखाउनुपर्यो नि । प्रमाण छ भनेर मौखिक रूपमा भनेर मात्रै हुन्छ ? केन्द्रीय समितिमा त्यो पेस गर्नुपर्यो अनि, छलफल हुन्छ ।
‘सुजाता कोइरालाले आफ्नै उम्मेदवारलाई हराउन अन्तर्घात गरेको ठहर भयो,’ स्रोतले भन्यो, ‘पार्टीको नियमावली ०६८ को नियम ४४ (१) ‘ख’ बमोजिम बहाल रहेको पदीय दायित्व र जिम्मेवारीअनुसार पार्टीको कामकारबाही गर्नबाट उनलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ ।’
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको मोरङ–१ बाट सुजाताले लड्ने इच्छा गरे पनि पार्टीले उपाध्यायलाई उम्मेदवार बनाएको थियो । तर, कोइरालासहितका नेताले अन्तर्घात गरी उपाध्यायलाई हराएको ठहर गर्दै अनुशासन समितिले कारबाहीको सिफारिस गरेको हो ।
सुजाताविरुद्ध अडियो र भिडियो प्रमाण भेटिएपछि कारबाही गरिएको स्रोतले जनाएको छ । ‘सुजातासहित १०–१२ जनाले आमोदप्रसाद उपाध्यायलाई हराउन भूमिका खेलेको अडियो, भिडियोसहितका प्रमाणबाट पुष्टि भयो,’ स्रोतले भन्यो ।
उपाध्यायले केन्द्रीय समिति बैठकमा समेत आफूलाई पार्टीकै नेताद्वारा नै हराइएको भन्दै सुजातातर्फ संकेत गरेका थिए । कांग्रेस विधानमा अनुशासनविपरीत कार्य गरेमा ६ महिना निलम्बनदेखि तीन वर्षसम्म पार्टी सदस्यबाटै निष्कासन गर्न सक्ने प्रावधान छ ।
त्यस्तै, कारबाहीमा पर्नेमा एक सभासद्, एक पूर्वमन्त्री, क्षेत्रीय सभापति र महासमिति सदस्य पनि छन् । उनीहरूलाई अन्तर्घातको प्रकृति हेरी नियमावलीअनुसार सचेत गराउने, पदीय दायित्व नै रोक्नेसहितका कारबाही भएको स्रोतले जनाएको छ ।
समानुपातिकतर्फका सभासद् गणेशप्रसाद बिमली पनि कारबाहीमा परेका छन् । स्रोतका अनुसार पार्टीभित्र उनलाई सभासद्बाटै फिर्ता बोलाउन दबाब सिर्जना भएको छ । ‘बहाल रहेको पदीय दायित्वअनुसार काम–कामकारबाही गर्न नपाउने गरी एक वर्षसम्म पार्टीको क्षेत्रीय तहमा एक वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी कारबाही गरिएको छ, केन्द्रीय सदस्य हुन् वा कांग्रेसबाट सभासद् भएका नै किन नहुन् उनीहरू कांग्रेसबाटै कारबाहीमा परेकाले पार्टीले सभासद्बाट पनि फिर्ता बोलाउनुपर्छ,’ आजको नयाँ पत्रिकामा खबर छ ।
सुजातालाई निलम्बन गर्न सिफारिस
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses