दसैंको टिकट बुकिङ खुला
काठमाडौं, भाद्र २५ । दसैं मनाउन राजधानीबाट घर जानेहरुका लागि आजदेखि बसको टिकट बुकिङ खुला गरिएको छ । विभिन्न कामका सिलसिलामा राजधानीमा रहेकाहरु दसैंमा घर फर्कने हुँदा हरेक वर्ष दसैं आउनु अघिदेखि नै यात्रुको सुविधाका लागि यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ गर्दै आएका छन् ।यात्रुको सुविधाका लागि राजधानीको नयाँ बसपार्क, पुरानो बसपार्क,कलंकी, कोटेश्वर, गौशाला, सुन्धारालगायत १० स्थानबाट टिकट बुकिङको व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
आजदेखि गण्डकी अञ्चल बाहेकका सबै स्थानमा जाने बसहरुको टिकट बुकिङ खुला भएको जनाइएको हो । गण्डकी अञ्चल जाने बसको टिकट भने आश्विन ५ गतेबाट अग्रिम बुकिङ खुला गरिने जनाइएको छ ।
दसैंमा करिब ३५ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यसमध्ये अधिकांश सडकमार्ग नै भएर जिल्ला जाने गरेका छन् ।
- See more at: http://imagekhabar.com/samachar/detail/41321/30/.shtml#sthash.ZqTf1475.GxUdyMr7.dpuf
.jpg)
0 comments
Write Down Your Responses