दसैंको लागि अनलाइनबाटै बसको टिकट

tourist-busकाठमाडौं।दसैं नजिकिन थालपछि आफ्नो घर फर्किन धेरै जना समयमै टिकट पाउने अवसर खोजिरहेका हुन्छन् । यो समयमा अत्याधिक यात्रुको चाप हुने भएकाले अग्रिम टिकट बुकिङ हुनेगर्छ । अहिले पनि दसैंको १५ दिनअघिदेखि नै अग्रिम टिकट बुकिङको घोषणा भइसकेको छ ।
तर टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने र थोरै समयको अन्तरले सोचेजस्तो सीट नपाउने समस्या बसका यात्रुले भोग्नुपर्ने हुन्छ । त्यस्ता यात्रुले घरमै अनलाइनमार्फत टिकटको सुविधा प्राप्त गर्न सक्ने समाचार आजको आर्थिक अभियानमा छ ।
संचालनमा रहेका विभिन्न अनलाइन टिकट कम्पनीहरुले दसैंलाई लक्षित गरेर देशका विभिन्न स्थानमा बस टिकट सुविधा दिने तयारी गरिरहेका छन् ।
अनलाइन रकम भुक्तानी सुविधा दिँदै आएको इ-सेवाले २ हप्ता अघि मात्रै बससेवा डटकम नाममा टिकट सुविधा संचालनमा ल्याएको छ ।
त्यस्तै यसबै वर्षदेखि संचालनमा आएको हाम्रो बस डटकम र अल नेपाल ट्रिप्स डटकमले पनि अनलाइन टिकटको संचालनमा ल्याएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.