मन्त्रीको पिए भन्दै लाखौँ रकम असुल्दै हिँड्ने व्यक्ति पक्राउ
रौतहट, भदौ १५ – आफूलाई मन्त्रीको पिए बताउँदै अवैध रूपमा पैसा असुल्दै हिँड्ने एक व्यक्तिलाई शनिबार रौतहट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडाँैले दिएको विशेष सूचनाका आधारमा रौतहट मानपुर¬¬–९ निवासी ३५ वर्षीय प्रमोद यादवलाई प्रहरीले रौतहटको बाल्चनपुर चोकबाट पक्राउ गरेको हो ।
यादवले आफू कृषिमन्त्री हरिप्रसाद पराजुलीको पिए भन्दै काठमाडाँैसहित देशका विभिन्न स्थानबाट सर्वसाधारणलाई जागिर लगाइदिने तथा कृषिसम्बन्धी समस्या समाधन गरिदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
.jpg)
0 comments
Write Down Your Responses