तीजमा व्रत बसेका दुई महिलाको मृत्यु

काठमाडौं, १५ भदौ । धनगढी र सुदूरपश्चिमको कैलाली र बैतडीमा दुई जना महिलाको तीज मनाउदा मनाउदै ज्यान गएको छ।
दुबै जनाको शुक्रबार ज्यान गएको हो। बैतडीको बाशुलिङ गाविस ९ डुङरीकी २० बर्षिया पुष्पा ऐरीको तिजको ब्रत सकेर शुक्रबार अपरान्ह खाना खाने वित्तिकै ज्यान गएको स्थानीयबासि लालबहादुर पाण्डेयले जानकारी दिएका छन्।
पानी समेत नपिएर ब्रत बसेकी पुष्पाले दुई दिनपछि शुक्रबार खाना खाएपछि उनको ज्यान गएको हो। बैतडीका अधिकांस स्थानमा श्रीमानले दिएको बाहेक, तीजको दिन पानी समेत नखाने चलन छ। पुष्पाका श्रीमानमा भारतमा रहेकाले उनले पानी नखाई निराहार ब्रत बसेको लालहबहादुरले जनाएका छन्।
यस्तै कैलालीको धनगढीमा पनि शुक्रबार एक महिलाको ज्यान गएको छ। धनगढी नगरपालिका उत्तरबेहडीकी ४५ बर्षिया उमा स्वारको नाच्ने क्रममा ज्यान गएको हो । मुटुको बिरामी समेत रहेकी स्वार विशालनगरमा आयोजना गरिएको तीजमा नाच्दा नाच्दै बेहोस भएकी र सेती अञ्चल अस्पताल पुगाएपछि ज्यान गएको त्रिनगर प्रहरी चौकीले जनाएको छ। स्वार सिचाई कार्यालयकी कर्मचारी हुन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.