१ सय ३ किलोको बोका
पर्वत।एउटै बोकाको तौल १ सय ३ किलो भन्दा बढी भन्ने सुन्दा पत्याउनुहुन्छ ? सदरमुकाम कुश्माको छमर्केमा छबिलाल पुनले पालेको बोकाको तौल १ सय ३ पुगेको समाचार आजको कान्तिपुर दैनिकमा छ । महिला महोत्सवमा प्रर्दशन गर्न ल्याइएको उक्त बोका सबैको आकषर्क बनेको छ ।
जमुनापारि जातका बोका अहिले २१ महिनाको भएको पुनले बताए । उसको माउले यस बोकासँगै अन्य २ पाठीलाई जन्म दिएको थियो । पाठीहरु विक्री गरिसकियो उनले भने, यसलाइ ब्याडे पाल्न भनेर राखेर हुँ । उनले पालेका अरु बोका ९० किलोसम्मका भएका थिए । बोकालाई ५० हजार रुपैयाँमा किन्न खोजेका थिए, तर आफूले नबेचेको उनले सुनाए ।
.jpg)
0 comments
Write Down Your Responses