बलात्कारीलाई पाँच वर्ष कैद

 सप्तरीकी एक महिलालाई बलात्कार गरेको आरोपमा मधुपट्टी गाविस–३ का देवकुमार सदालाई अदालतले आज पाँच वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आरोपितलाई पाँच वर्ष कैद र पीडितलाई आरोपितबाट रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । न्यायाधीश दाहालको आदेशमा गत साउन ८ गते रु ३५ हजार धरौटी राखेर तारेखमा रिहा भएका आरोपित फैसलापछि फरार छन् ।
घरमा एक्लै सुतिरहेका बेला ज्यान मार्ने धम्की दिँदै २६ वर्षीय आरोपितले २० वर्षीया पीडितलाई गत असार १० गते राति बलात्कार गरेका थिए । पीडितले स्वयम् राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गत असार १३ गते स्वास्थ्य परीक्षण गराएकी थिइन् ।
बलात्कारको घटनामा सार्वजनिक मुद्दा दर्ता भनेर असार १४ गते विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध असार १७ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.