यौन उर्जा कसरी बढाउने...
प्रतिदिनको कार्य व्यवस्ततालाई सम्पन्न गर्न स्फुर्ति दिने स्वाभाविक माध्यमहरुमा यौन पनि एक हो । तर यौन शक्ति सबैमा एक हुँदैन । कोही यौन शक्ति बढाउन ‘भियग्रा’ जस्तै केही औषधिको प्रयोग गर्ने गरेपनि मानव मस्तिष्क यसको लागि तयार नभएसम्म भियग्राले पनि केही गर्न नसक्ने बरु हृदयघातको खतरा बढाउने वैज्ञानिकहरुले बताएका छन् ।
जोन केयरले आफ्नो पुस्तक ‘लव एण्ड लिविङ्गो’मा उल्लेख गरे अनुसरा निम्न कुराहरुमा उचित ध्यान पु¥याएमा यौन शक्तिलाई कुनै औषधि प्रयोग विना नै आफैं बढेर जाने बताएका छन् ।
प्रोटिनको प्रयोग :– माछा, मासु र अण्डा आदिमा पाइने प्रोटिनको दैनिक प्रयोगले यौन शक्तिलाई बढाउँछ । यसमा पाइने ‘हिस्टीडीन’ नामको तत्वले चरमसुख प्राप्त नगर्ने स्त्रीलाई यौन तृप्तता दिलाउन मद्धत गर्दछ साथै ‘फीनाइलीन’ले तनावको कारणले यौन शक्ति ह्रास भएकालाई फाइदा पु¥याउँदछ ।
भिटामिन ‘ई’ को नियमित प्रयोगले एस्ट्रोजन हाम्रोन वृद्धि गराई महिलाहरुमा यौन इच्छा जगाउँदछ ।
भिटामिन ‘बी’को प्रयोगले दिमागलाई तन्दुरुस्त बनाउनुका साथै लिङ्गमा पर्याप्त रक्तसंचार गराउन मद्धत पु¥याउँदछ र स्त्रीहरुलाई सहवास गर्न उत्तेजित पार्ने गर्दछ ।
कलेजो र बिभिन्न गेडागेडीमा पाइने को इन्जाइमले पनि यौन शक्ति बढाउन मद्धत गर्ने गर्दछ ।
अदुवा खानाले हाम्रो रक्तसंचार प्रणाली ठीक पार्नुका साथै यौनाङ्गमा पनि रक्तसंचार बढाउँछ ।
सुर्यमुखीको तेलले नियमित शरीर मालिस गर्नाले शरीरमा फूर्ति बढ्नुका साथै यौनइच्छा पनि बढाउने गर्दछ ।
नियमित ब्यायाम र पर्याप्त निद्रा पनि यौन उर्जा बढाउने माध्यमहरु हुन् ।
जिंकको प्रयोगले धेरै यौन सम्बन्धि समस्याहरु हल गर्न मद्धत गर्दछ यसलाई सेक्स मिनरल पनि भनिन्छ ।
नियमित जौको रोटी सेवन गर्नाले यौन शक्ति बढेर जान्छ यसले टनिकको काम गर्दछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
.jpg)
0 comments
Write Down Your Responses