क्रिस्टियानो रोनाल्डो बने युरोपका सर्वोत्कृष्ट खेलाडी

१२ भदौ, काठमाडौं । रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युरोपका सर्वोत्कृष्ट खेलाडी बनेका छन् । बिहीबार राति फ्रान्सको मोनाकोमा सम्पन्न च्याम्पियन्स लिग समूह चरणको ड्र र्सार्वजनिक कार्यक्रममा रोनाल्डोलाई युरोपका सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो ।
युरोपियन देशका खेल पत्रकारहरूले गरेको मतदानका आधारमा रोनाल्डोलार्इ सन् २०१३/१४ का लागि सो अवार्ड प्रदान गरिएको हो । रोनाल्डोलार्इ युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले अवार्ड प्रदान गरे ।
सन् २०१३/१४ को च्याम्पियन्स लिग रियल मड्रिडलाई जिताउन निर्णायक भूमिका खेलेका रोनाल्डोले अन्तिमा तीनमा रहेका बायर्न म्यूनिखका जर्मन गोल रक्षक म्यानुयल नुयेर र बार्यनकै मिडफिल्डर आर्जेन रोविनलाई पछि पारे ।ronaldo
२९ वर्षीय रोनाल्डोले गत सिजनको च्याम्पियन्स लिगका ११ खेलमा १७ गोल गर्दै रियललाई उपाधि Cristiano Ronaldoदिलाएका थिए । गत सिजन स्पेनिस ला लिगाCristiano Ronaldoमा तेस्रो स्थानमा चित्त बुझाएको रियलका लागि रोनाल्डोले ३० खेलमा ३१ गोल गर्न सफल भएका थिए Cristiano Ronaldo

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.