महेन्द्रसिंह धोनीले कमाए एक झड्कामै २० करोड !

January 8, 2015

मुम्बई । भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेपनि बलिउडमा उनको क्रेजमा कुनै कमी नआएको पुष्टि भएको छ ।
बलिउडमा उनको जीवनसँग सम्बन्धित फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बन्दै छ । सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गर्ने फिल्मको राईट्स खरिद गर्नका लागि अहिले अफर आउने क्रम जारी छ ।


अहिलेसम्म करिब ८० करोड निश्चित भइसकेको छ, जसबाट धोनीको हातमा २० करोड पर्नेछ । यसको अलावा धोनीले फिल्मको नाफा र रोयल्टीको समेत शेयर पाउनेछन् ।
निरज पाण्डेले निर्देशन गर्न लागेको फिल्ममा धोनी पत्नी साक्षीको भूमिका भने आलिया भट्टले निभाउँदै छिन् । यो फिल्म सन् २०१५ को अन्त्यसम्ममा रिलिज हुने सम्भावना छ । फिल्ममा क्रिकेट स्टार बन्नुभन्दा पहिले उनको जीवनका सुरुवाती दिनहरुको झलक देखाइनेछ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.