आफू जिउँदो छउन्जेल माफी नमाग्ने ओलीको जिकिर
काठमाडौं, पुस २४ – एमाले अध्यक्ष केपी ओलीले आफ्नो अभिव्यक्तिका लागि मधेशी मोर्चासँग माफी नमाग्ने भएका छन् ।
बुधबार शीर्ष तीन दलसहित मधेशी मोर्चाको बैठकमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै मोर्चाले ओलीले माफी नमागेसम्म एमालेसम्बध कुनै पनि बैठकमा उपस्थित नहुने बताएका थिए । मोर्चाले आज बालुवाटारमा बसेका बैठक पनि बहिस्कार गर्यो ।

तर, ओलीले भने आफूले कुनै पनि हालतमा माफी नमाग्ने बताएका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलको बैठकमा ओलीले सो कुरा राखेका थिए । उनको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘म ज्युँदो हुन्जेल कुनै पनि हालतमा मधेशी मोर्चासँग आत्मालोचना वा माफी माग्दिन ।’
‘युपी र बिहारलाई पनि मधेशमा गाभ’ भन्ने अभिव्यक्ति दिएपछि मधेशी मोर्चाका नेताहरुले बुधबार आकस्मिक बैठक बस्दै बैठकमा ओलीले माफी माग्नुपर्ने माग गरेका थिए । त्यस्तै, सद्भावना पार्टीले ओलीको पुत्ला समेत दहन गरेको थियो ।
0 comments
Write Down Your Responses