गोरखाकी युवतीलाई नुवाकोटको वनमा लगेर निर्ममतापुर्बक हत्या


 नुवाकोट, मंसीर २४ – गोरखाकी एक युवतीको नुवाकोटको सुनखानीमा हत्या भएको छ ।
गोरखा जिल्ला थालाजुङ गाविस–९ की २३ वर्षीया रीता गुरुङको मङ्गलबार राति नुवाकोटको सुनखानी गाविस–७ छहरे–टोखा सडकखण्ड नजिकै चाँपे वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा गणेशस्थान गाविस–४ का २५ वर्षीया अजय ढकाललाई स्थानीयको सहयोगमा प्रहरीले गएराति नै पक्राउ गरेको छ ।
काठमाडाँै बस्दै आएकी गुरुङलाई हिजो साँझ ढकालले मोटरसकाइलमा सुनखानीको जङ्गलमा ल्याई हत्या गरेको प्रहरीले जनाएको छ । ढकाललाई बा६४प २२३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.