चीनबाट उन्नत जातका गार्इ ल्याउने सरकारकाे तयारी


दैनिक एक लाख ५० हजार लिटर दूधको अभावलाई सम्बोधन गर्न सरकारले चीनबाट उन्नत जातका १० हजार गाई ल्याउने प्रयास जारी राखेको छ। 
भारतबाट सोही सङ्ख्यामा उन्नत जातका गाई ल्याउन प्राविधिक कठिनाइ भएपछि सरकारले चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो। 
चीनका कृषि सचिव वेइ चावन नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलसँग सोमबार पहिलोचरणको वार्ता गरेपछि कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले आज चीनसँग कृषि, पशुपालनलगायत पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताए। 
चिनियाँ प्रतिनिधिमण्डलसँगको वार्ता सकारात्मक रहेको जानकारी दिँदै उनले चीनबाट १० हजार गाई ल्याउने प्रक्रिया निरन्तर जारी रहने बताए। उनले भने 'चीनको केन्द्रीय सरकारसँग यहाँस्थित राजदूतावासमार्फत गाई ल्याउने प्रयास जारी राख्छौँ।'
चीनको सिचुवान प्रान्तबाट गाई ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले सोमबारको वार्तामा उच्च जातका रेशम, धान र उखुका बीउ प्रदान गर्न चिनियाँ पक्ष सकारात्मक रहेको बताए। चीनबाट नेपालका लागि अर्थपूर्ण एवम् प्रतिफल प्रदान गर्ने कृषि परियोजनामा सहयोग जुटाउन आफू लागिपरेको पनि मन्त्री पराजुलीले बताए।रासस

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.