सीके राउतको धम्की ‘जतिपटक जेल जान तयार छु, तर मधेसलाई नेपालबाट अलग नगरी छाड्दिन

काठमाण्डु, १६ मंसिर– मधेसलाई नेपालबाट अलग गर्नुपर्ने अभियान चलाउँदै आएका सीके राउतले मधेसलाई नेपालको औपनिवेशिकताबाट जुनसुकै हालतमा मुक्त गराउने बताएका छन् ।
राउतले मधेसलाई नेपाली औपनिवेशीकरणबाट स्वतन्त्र गराउनु नै आफ्नो उद्देश्य रहेको बताए ।
ck raut‘म जतिपटक जेल जान पनि तयार छु’, जनकपुरमा मंगलबार भएको सभामा राउतले भने, ‘तर मधेसलाई नेपालबाट अलग नगराई बिश्राम लिने पक्षमा छैन ।’
मधेसलाई नेपालबाट अलग गर्ने अभियान चलाएका राउतलाई सरकारले राज्य विप्लवको मुद्धा चलाएको थियो ।
उनी विशेष अदालतले तोकेको २८ हजार ५ सय धरौटी बुझाएर केही समयअघि मात्र रिहा भएका हुन् ।
राउतले जानकी मन्दिरमा गर्न खोजेको सभा प्रहरीले रोकेको थियो । राउतले सभाको तयारी गरेको सूचना पाएपछि स्थानीय प्रशासनले बाक्लो संख्यामा सुरक्षा तैनाथी गरेको थियो । प्रशासनको अवरोधपछि राउतले सडक नै जाम गरेर सभा गरे ।
उनका समर्थकले भने जानकी मन्दिरमा सभा गर्न रोक लगाएको भन्दै सरकारविरुद्ध उत्तेजक नाराबाजी गरेका थिए ।
kathmandutoday.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.