बानेश्वरतर्फ गईरहेको ट्रकको ठक्करबाट स्कुटर चालिकाको ज्यान गयो...

काठमाडौं : राजधानीको तीनकुने सडकमा सोमबार राति ट्रकले ठक्‍कर दिएर गम्‍भीर घाइते भएकी उदयपुरकी २० वर्षीया निशा बस्नेतको निधन भएको छ। उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको निधन भएको हो।उनको साँझ आठ बजे पुलमा दुर्घटना भएको थियो।




ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रहरी निरीक्षक पोषराज ढकालका अनुसार तीनकुनेबाट नयाँ बानेश्वरतर्फ गुडिरहेको ना२ख ९६८४ नम्बरको ट्रकले सोही दिशामा गइरहेको बा५६प ६८६१ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। 'घटनाको प्रकृति हेर्दा ट्रकलाई ओभरटेक गर्न खोज्दा दुघर्टना भएको जस्तो छ', उनले भने, 'ओभरटेक गर्ने क्रममा ट्रकले स्कुटीलाई ठक्कर दिएको थियो।ठक्‍करबाट स्कुटीसहित बस्नेत ढलेकी थिइन्।

प्रत्यक्षदर्शीहरूका अनुसार ठक्करबाट लडेकी बस्नेतलाई ट्रकको अघिल्लो भागले घिसार्दै ५० मिटरसम्म लगेको थियो। बस्नेतको तिघ्रा र पेटमा गम्‍भीर चोट लागेको थियो। अन्नपुर्ण पोष्टबाट साभार

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.