आइफोन प्रयोगकर्ताका यौन पार्टनर बढि हुने नया तथ्य ...

आइफोन प्रयोगकर्ता महिला तथा पुरुषका अन्य स्मार्टफोन प्रयोगकर्ताहरुको भन्दा बढि यौनसाथी रहेको पाइएको छ ।
सोसल डेटिङ साइट ओके कपिडले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टअनुसार अन्य स्मार्टफोन भन्दा आइफोनबाट सोसल साइटमा आफ्नो प्रोफाइल तस्वीर पोस्ट गर्ने मानिसहरुले समग्रमा यौनसाथी बढी भेट्ने गरेको पाइएको छ ।



ओके कपिडले दशौं हजार प्रयोगकर्ताको अनुसन्धान गरेपछि हालै ब्लग पोष्ट गर्दै यस्तो तथ्य जानकारी दिएको हो । ‘वास्तवमा सबै उमेर समूहका महिला तथा पुरुषहरु जो आफ्नो प्रोफाइल तस्वीर लिनका लागि आइफोन प्रयोग गर्छन् उनीहरुका एन्ड्रोइड तथा ब्लाकबेरी स्मार्टफोन प्रयोगकर्ताका भन्दा यौनसाथी बढि हुन्छन् ।’ ब्लगमा भनिएको छ ।
ओके कपिडकै एक अध्ययनले अन्य स्मार्टफोन बोक्नेहरु भन्दा आइफोन प्रयोगकर्ताहरु आर्थिक रुपमा सवल, शौखिन हुने, सक्रिय रुपमा क्रियाकलापमा सहभागी हुने तथा किनमेलको सन्दर्भमा चुजी हुनुका साथै बहिमुर्खी हुने गरेको देखाएको थियो ।
ओके कपिडका अनुसार एन्ड्रोइड स्मार्टफोनका प्रयोगकर्ताका सबैभन्दा कम यौनसाथी हुन्छन् भने त्यसपछि ब्लाकबेरी प्रयोगकर्ताका । onlinekhabar

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.