इन्जिनियरले बनाए यस्तो रुख । जसले विजुली उत्पादन गर्न सक्छ (तस्विर सहित)
फ्रान्सका बैज्ञानिकहरु अनौठो परीक्षणमा सफल भएका छन् । अव रुखबाट विजुली निकाल्ने सपना साकार हुन लागेको उनीहरुको भनाइ छ । फ्रान्सका इन्जिनियरले एक कृत्रिम रुख बनाएका छन् जसले विजुली पैदा गर्छ । यो रुखले हावाको उपयोग गरेर विजुली पैदा गर्न सक्ने उनले बताएका छन् ।
यो कृत्रिम रुखलाई विण्ड ट्री नाम दिइएको छ । यसको विकाश फ्रान्सेली इन्जिनियरहरुको समूहले गरेको हो । पेरिसमा रहेको कम्पनीका संस्थापक जेरोम मिचोड लेरिविरेले यो रुख बनाउने विचार आफूलाई हावा चलेको बेला पात हल्लिएको देखेपछि आएको बताए ।
आगामी वर्ष यो रुख बजारमा बेच्न राख्ने उनको योजना छ । इन्जिनियरहरुले २६ फिट अग्लो यो रुखको नमूना विकाश गरिसकेका छन् । उत्तर पश्चिम फ्रान्सको प्ल्ययूमर बोदोयु नामक कम्युनमा राखिएको यो हाइटेक रुखको मूल्य २३ हजार ५०० स्टर्लिङ पाउण्ड पर्छ ।
यो रुख घरमा राखेर विजुलीको उपयोग गर्न सकिने कम्पनीको दावी छ । ठूला ठूला कार्यालय र विल्डिङमा पनि उपयोगी हुने कम्पनीको दावी छ । यसले नजिकको हावालाई आफूतिर तानेर विजुली उत्पादन गर्न सक्छ । तर यसको लागि हावाको गति भने नियन्त्रित हुनु पर्छ । एजेन्सी ।
0 comments
Write Down Your Responses