काठमाडौं । देशमा भइरहेको सुन तस्करीमा उच्च राजनीतिक तथा प्रहरी नेतृत्वको संलग्ता खुल्दै गएको छ । तातोपानी नाका हुँदै भइरहेको सुन तस्करी र लुटपाटमा एमाओावादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको कनेक्सन भेटिएको छ । गत काभ्रेको पाँचखालबाट ३५ केजी सुन लुटिएको थियो । सो घटनाको योजनाकारमा प्रकाश संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रचण्डका पूर्व गाडी चालक काभ्रेका उज्जवल तामाङको सूचनामा प्रकाश लगायतका व्यक्तिले सुन लुटेका हुन् । एक चिनियाँ व्यापारीले गोम्बु शेर्पालाई सुन काठमाडौं पठाएका थिए । घिउको बट्टामा सुनका बिस्कुट हालेर तस्करी गर्न लागिएको थियो । तर शेर्पाले प्रचण्डका पूर्वचालक तामाङलाई त्यसबारे पहिले नै खबर गरेर लुटपाट गराउने योजना बनाएका थिए । तामाङले प्रकाशलाई समेत खबर गरी थप योजना बनाएका थिए । सोही योजनाअनुसार १५ कात्तिक १५ माख सुन पाँचखालमा लुटिएको थियो । पनि शेर्पाले चिनिया व्यापारीले आफूलाई अपहरण गरी सुन लुटेका खबर गरेका थिए । खासमा योनजाबद्ध रुपमा नै माओवादीका उच्च नेताहरु समेत मिलेर लुटिएको स्रोत बताउँछ । सो विषयमा प्रहरीका विभिन्न निकायमा अनौपचारिक रुपमा उजुरी भइसकेको छ तर माओवादी नेतृत्वको दबाबका कारण प्रहरीले अनुसन्धान गर्न सकेको छैन ।
पक्राउ पर्लान् शँक्य ?
सुन पसलको आवरणमा तस्करी गर्दै आएका राजधानीमा सुन व्यापारीहरुको आइतबार सात्तो गएको छ । प्रहरीले तस्करीको दुई किलो सुनसहित आरके ज्वेलर्सका कर्मचारी सन्नी श्रेष्ठलाई पक्राउ गरेपछि तस्करीको सुन बेच्दै आएका अन्य व्यापारीहरुलाई तनाव भएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले सन्नी श्रेष्ठलाई २ केजी सुन लिएर पसल जाँदै गरेको अवस्थामा दरबारमार्गबाट पक्राउ गरेका थियो । तस्करीको सुन ल्याउने आरके ज्वेलर्सका दरबारमार्ग र न्यूरोडमा दुई वटा पसल छन् । सो ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य हुन् । स्रोतका अनुसार उक्त पसलमाथि प्रहरीले निगरानी गर्दै आएको थियो । शाक्यलाई भने प्रहरीले पक्राउ गरेको छैन । थप अनुसन्धान बाँकी नै रहेको अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए । प्रारम्भिक अनुसन्धान उक्त सुन तातोपानी नाका हुँदै तस्करी भएर आएको खुलेको छ । सुनमा बिस्कुटमा ९९९ अंक लेखिएको छ ।
केही समययता राजधानीका सुन पसलेहरुले तस्करीको सुन बेच्दै आएको प्रहरी अधिकारीहरु बताउछन् । वर्षमा सबैभन्दा धेरै सुन बिक्री हुने मंसिरको महिनामा बैंकहरुको सुन बिकेको छैन । दिृष्टीका अनुसार व्यापारीहरुले तस्करी गरेर ल्याएको सुन बेच्दै आएका छन् । स्रोतका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समेत प्रहरी र भन्सारका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुँदै आएको छ ।
राजधानीका अधिकांश सुन पसलबाट तस्करीको सुन बिक्री हुँदै आएको प्रहरी अधिकारीहरु बताउँछन् । गत १९ कत्तिकमा राजधानीको सुन पसलकै लागि सात किलो सुन लिएर आएका ताप्लेजुङका दोर्जे शेर्पा पक्राउ परेका थिए । झापाबाट थानकोट आउने क्रममा उनी पक्राउ परेका थिए । तर प्रहरीले विस्तृत अनुसन्धान नगर्दा सुन पसलेले उन्मुक्ति पाएका थिए । तिब्बतबाट ताप्लेजुङको हुँदै उक्त सुन काठमाडौंसम्म ल्याइएको थियो ।
चाडपर्वको समयमा अरु बेलाभन्दा सुनका गहनाको व्यापार दोब्बर हुने गरेको छ । तर, बिदेशबाट सुन आयात गर्ने अधिकार पाएका बैंकहरुमा यो वर्ष सुन झन् थुप्रियो । मूल्य घट्दा पनि दशैं तिहारमा सुनका गहनाको बिक्री धेरै खस्किएको हो त ? सुनको व्यापार खस्किएको होइन । ठूला सुन व्यवसायीहरुले तस्करीको बाटोबाट आएको सुन बिक्री गरेकाले बैंकहरुको सुन नबिकेको हो । स्रोतका अनुसार विमानस्थल र चीनका नाकाहरुबाट उच्च तहको सेटिङमा सुन तस्करी हुदै आएको छ । हरेक दिन करिब एक सय किलो सुन भारत पुग्ने गरेको छ । नेपाली बजारमा पनि बिक्री हुनेमध्ये आधा जसो तस्करीकै सुनको कारोबार हुने गरेको छ ।
गत बुधबार बिहान ताप्लेजुङका दोर्जे शेर्पा सात किलो सुन सहित नागढुङगामा पक्राउ परे । सामान्यतया एयरपोर्ट र तातोपानी नाकाबाट आउने सुन तराईका जिल्ला हुदै भारत जाने गरेको थियो । तर शेर्पा ताप्लेजुङबाट सुन लिएर काठमाडौं आएका थिए । छानबिनका क्रममा एक तिब्बती तस्करले काठमाडौंका एक सुन व्यापारीलाई उक्त सुन पठाएको अनुसन्धानमा खुलेको छ । तर प्रहरीले राजश्वको काम भन्दै विस्तृत अनुसन्धान गरेन ।
स्रोतका अनुसार काठमाडौंका केही ठुला सुन पसलेहरु दुबई र हङकङको सेटिङ मिलाएर सुन तस्करी गर्दै आएका छन् । यसमा प्रहरी र भन्सारका हाकिमहरुको समेत मिलेमतो छ । ब्राण्डेड जुत्ता लगायतका सामानभित्र ¥यापिङ गरेर सुन तस्करी हुने गरेको स्रोत बताउछ ।
तातोपानी नाकाबाट भित्रने सुन बेला बेला पक्राउ पर्ने भएपछि एयरपोर्टबाट ठुलो मात्रामा हुने सुन बरामद हुने गरेको छैन । प्रहरी अधिकारीहरुले नै तस्करीको बढीमा १० प्रतिशत मात्र बरामद हुन सक्ने बताउछन् । सुन लुकाउन सजिलो हुने भएकाले र प्रहरीले गाडिमा सबैतिर खानतालासी गर्न सक्दैन । कहिले काही सुराकी आउदा मात्र पक्राउ गरिने प्रहरी अधिकारीहरु बताउछन् । एयरपोर्ट प्रहरी प्रमुखमा बिजयलाल कायस्थको सरुवा भएपछि सुन बरामदका घटना कम भएको र तस्करी बढेको स्रोत बताउछ ।
सुन तस्करहरुलाई घुस लिदै छुटाएको घटनामा एयरपोर्ट भन्सारका कामु प्रमुख सुदीपचन्द्र शाह निलम्बनमा परीसकेका छन् ।
सुन तस्करीमा संलग्न केही व्यक्ति उच्च राजनीतिक तथा प्रहरी नेतृत्वसँग घनिष्ठता छ । त्यहीकारण उनीहरुले तस्करीको सुन ल्याएर बिक्री गर्दै आएका छन् ।
किलोमा चार लाख नाफा
प्रहरी अधिकारीहरुका अनुसार तस्करी गरेर ल्याइएको सुनमा बैंकबाट किन्दा भन्दा व्यापारीहरुलाई प्रतिकिलो चार लाख नाफा हुन्छ । त्यसमध्ये करिब २ लाख सेटिङमा खर्च हुन्छ । २ लाख भने व्यापारीलाई खुद नाफा हुने गर्दछ । सिजनको समयमा राजधानीका ठुला पसलले दिनमै करिब एक किलो सुन बेच्छन् । बैंकको सुन किनेर बेच्दा किलोमा करिब २५ हजार मात्र नाफा हुन्छ । त्यहीकारण बैंकहरुको सुन बिक्न सकेको छैन ।
व्यापार घाटा नियन्त्रण गर्न सरकारले कोटा तोकेर बैंकहरुलाई मात्र सुन आयात गर्ने अधिकार दिएको छ । तर बैंकको सुन बिक्री भएको छैन । सुन बिक्री नभएपछि बैंकहरुले आयात घटाउ“दै लगेका छन् । बैंकहरुमा यतिबेला करिब चार सय केजी सुन थुप्रिएको छ ।
केही महिनायता सुनको मूल्य घटेकाले बिक्री पनि भइरहेको छ । पसलबाट सुन बिक्री हुने तर बैंकबाट पसलेहरुले नकिन्ने गरेबाट नै बजारमा तस्करीको सुन बिक्री भइरहेको प्रष्ट थियो ।
onlinedainik.com/newspage.php?&nid=2666
0 comments
Write Down Your Responses