६.८ रेक्टर स्केलको भूकम्प आयो ..क्षतिको विवरण आउन बाँकि
पपुवा न्युगिनीमा आइतबार ६.८ रेक्टर स्केलको भूकम्प गएको समाचार छ ।
उक्त जानकारी आइतबार अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले आइतबार दिएको छ । तर यस भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन् ।
सो भूकम्पको केन्द्रविन्दु बोउगाइनभिल्ले द्वीपको पानगुनासहरदेखि ११६ किलोमिटर टाढा १० किलोमिटर गहिराईमा रहेको पनि सो संस्थाले जानकारी दिएको छ ।
उक्त ६.८ रेक्टर स्केलको भूकम्पपछि ५.२ र ५.० रेक्टरको भूकम्प गएको बताइएको छ ।
हालसम्म यस भूकम्पबाट मानवीय हताहती र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।
सन् २०१३ सोलोमोन द्वीपमा गएको ८.० रेक्टर स्केलको भूकम्पपछिको आएको सुनामीमा कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै सयौ घरहरु ध्वस्त भएका थिए ।
त्यसैगरी सो सुनामीका कारण हजारौ व्यक्ति घरवारबिहीन भएका थिए । एजेन्सी
0 comments
Write Down Your Responses