कुकुर, सर्प र बिच्छीले टोके पनि औषधी प्याज

प्याज बहुउपयोगी छ। यसले शरीरमा उत्पन्न हुने विकार हटाई स्वस्थ राख्न मद्दत गर्छ। नियमित प्याज खाँदा शरीरमा रोग प्रतिरोधक शक्ति बढाउँछ। प्याज खाँदा भोक वृद्धि गरी भोजनलाई स्वादिष्ट बनाउँछ। हरियो प्याजमा 'एम' नामक एक दिव्यकिरण रहने भएकाले यसको सेवनपश्चात् सम्पूर्ण सुस्तीनास भई प्रत्येक नसानसामा उत्साह र उत्तेजना सञ्चार हुन्छ।

बारीबाट उखेलेको करिब एक घन्टासम्म यो किरण सक्रिय रहन्छ।

प्याज तीन सय २५ किसिमका हुन्छन्। यसमा विशेष प्रकारका रागहरू हुन्छन्। स्वस्थ मुटुका निम्ति नियमित प्याज सेवन गर्नु राम्रो मानिन्छ। प्याजबाट प्राथमिक उपचार निकै सफल छ। प्राय: सबैको घरमा प्याज उपलब्ध हुने भएकाले घरका सबै सदस्यले यसको महत्त्व बुझेर व्यवहारमा उतार्नु सही हुन्छ। प्याजबाट साध्यअसाध्य दुवै रोगमा फाइदा पुग्छ।



यसबाट प्राप्त फाइदा धेरै भए पनि विशेष गरेर मुटु, फोक्सो, नसा, हड्डी, रक्त अल्पता, मधुमेह, यौन दुर्वलता, उच्च- निम्न रक्तचाप, ग्यास्ट्रिक र महिलाजन्य समस्याका साथै स्वप्नदोष, श्वेत एवं रक्तप्रदर, नपुंसकता, आन्तरिक शुद्धीकरण, डन्डिफोर, छालाका समस्या, चाया, फुन्सी, आदिमा लाभदायक छ। यीबाहेक निम्न समस्याका प्राथमिक उपचारमा प्याज ओखती बन्न सक्छ :

कुकुरले टोकेमा : कुकुरले टोकेमा तुरुन्त प्याजको रस प्रयोग गरेमा विषको असर कम हुन्छ।

सर्पले टोकेमा : रोगीलाई उभ्याउने र विष शरीरमा फैलिन नपाओस् भनेर डसेको ठाउँमा माथि र तल कसेर कपडाले बाँध्ने। अब बिरामीलाई दुईतीन चम्चा प्याजको रस पियाउने। विषको प्रभाव धेरै छ भने आधा घन्टाभित्रै तीन चम्चा रस खुवाउने।

बिच्छीले टोकेमा : सर्पले टोकेको जस्तै बिच्छीले टोक्दा पनि त्यसै गरी कपडाले बाँध्ने। यसको विषलाई पनि प्याजद्वारा प्रभावहीन बनाउन सकिन्छ। प्याजको रसमा भुटेको जीरा पिँधेर हाल्ने। उक्त मिश्रण राम्रोसित घोली सफा कपडा अथवा रुईले मिश्रणलाई प्रभावित अंगमा लगाउनुपर्छ। केही समयसम्म यस क्रियालाई दोहोर्‍याउँदा बिच्छीको विषको प्रभाव हट्छ।

कनखजुरा-दंश : कनखजुराले केवल कानमा मात्रै छिरेर टोक्दैन यसले कुनै पनि अंगमा डस्नसक्छ। प्याजसँगै लसुन पिँधेर प्रभावित अंगमा लगाउँदा दु:खाइका साथसाथै विषबाट पनि मुक्ति मिल्छ। यदि कनखजुराको डसाइ गम्भीर खालको छ भने लगातार दुई दिनसम्म लेप लगाउनुपर्छ।

मधुमक्खीले टोकेमा : यसको डसाइले मरेतुल्य पार्छ। यसको पीडाबाट बच्न एवं विषको प्रभाव नष्ट पार्न पिसेको प्याजमा 'नौसादर' मिसाई लगाउनुपर्छ। तम्बाखु, चुरोट र खैनीको कारणले चक्कर लाग्ने आदि समस्यामा पनि आधा कप प्याजको रस पिउँदा राहत हुन्छ।

जुनसुकै चोट लाग्दा प्याजको रसको प्रयोगले सुन्नेको र दु:खाइमा आराम पुर्‍याउँछ। प्याजको केस्रालाई तोरीको तेलमा हल्का तरिकाले भुट्ने र हल्का तातोतातो पट्टीलाई फैलाएर बाँध्नुपर्छ, घाउँ चाँडै भरिन्छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.