धादिङको हुग्दी खोलामा ट्रक खस्यो, ४ को मृत्यु..बिस्तृत विवरण आउन बाँकि ..

धादिङको जोगिमारा स्थित हुग्दी खोलामा ट्रक खस्दा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट चितवन जाँदै गरेको ग १ ख ३९८६ नम्बरको ट्रक जोगिमारा–२ हुग्दी खोलामा मध्यान्ह १२ बजे दुर्घटनामा परेको बताइएको छ ।



दुर्घटनामा पर्साको चोर्नी गाविसका फुल महमद, अनिल महमद र अनवर महमदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतक अर्का एकजनाको सनाखत भएको छैन ।

घाइते चालक र सहचालकलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.