ल हेर्नोस् जनकपुरमा धनुर्यज्ञको लागि तयार पारिएको अत्यन्तै बिशाल ५२ फिटे धनुष.....
धार्मिक एवम् ऐतिहासिक स्थलका रुपमा रहेको शिवगढी बाह्र विघामा आयोजना गरिएको धनुषा यज्ञ हेर्नका लागि अहिले भक्तजनको भीड लाग्ने गरेको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा आयोजना गरिएको सो धनुषा यज्ञ हेर्नका लागि अहिले श्रद्धालु आउने गरेका छन् ।
श्रद्धालुको आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेका कारण मेलाको समयावधिसमेत बढाइएको छ । धनुष यज्ञ महोत्सवमा निर्माण गरिएको ५२ फिट लामो धनुष हेर्नका लागि विशेष रुपमा श्रद्धालु आउने गरेका छन् । महोत्सवमा सीताको जन्मदेखि जनकको दरबारको प्रतिमासमेत निर्माण गरिएकाकारण श्रद्धालु आउने गरेका छन् । केही महिनापूर्व जनक दरबार निर्माण गरिने परिकल्पनासमेत गरिएको थियो ।
0 comments
Write Down Your Responses