सुनिता दनुवार : मुम्बईको कोठी देखि स्टकहोमसम्म संघर्षपूर्ण कथा


सुनिता दनुवार शक्ति समूहकी अध्यक्ष छिन । यो समूह अहिले महिला वेचविखन र मानव तस्करी रोक्न लागिपरेको छ । यो समूह कुनै समय मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको हो । थुप्रै अन्तराष्ट्रिय अवार्डहरु जित्न सफल सुनिता दनुवारको कहाली लाग्दो विगत र लोभलाग्दो वर्तमानको संघर्षपूर्ण कथा :

म कान्छी छोरी, ६ सन्तान गुमाएपछि आमालाई मेरो भन्दा बढि चिन्ता दाईको थियो । मृत्युपछि दागबत्ती दिने दाईको चिन्ता पनि आमालाई किन नहोस । ६ सन्तान गुमाएपछि जन्मेका हामी तीन बहिनी र एक दाईको ज्यान जोगाउन आमाले जन्मथलो दैलेख छोड्नु भयो । म दैलख कासीकात गाविसको बडा नं ८ मा जन्मेकी हुँ ।

त्यतिबेला परिवार सम्पन्नशाली होइन, तर खाना लाउन पुग्थ्यो । त्यो बेला म सम्झन्छु ६ सन्तानको मृत्यु भएपछि आमालाई एउटा ठुलो तनाव थियो । उहाँ भन्नुहन्थ्यो ‘म मरेपछि अव दागबक्ती कसले देला ? आमालाई मेरेपछि दागवत्ती दिने सन्तानको खाँचो थियो । त्यही भएर होला छोरा प्रति आमाको धेरै ममता थियो । छोरालाई बचाउने आशमा आमाको जिद्दिले दैलेख छोडी हामी सुर्खेत आँयौ । सुर्खेतमा होटल चलाउन थाल्यौ । होटलमा मेरो काम भाँडा माँझने हुन्थ्यो ।

होटलबाट जिविका चलेकै थियो । त्यही बेला बुवा कुलतमा लाग्नु भयो । अर्काे महिलासँग उहाँको नाजायज सम्बन्ध हुन थालेको आमाले थाहा पाउनु भयो । त्यसपछि आमाको नेपाल बस्ने मन नै सकियो । त्यहाँबाट भारतको जम्मु कश्मिर पुग्यौ । त्यहाँ स्थानीयहरुको जग्गा भाडामा लिएर आलु खेति गर्न थाल्यौ । म त्यही हुर्केको । त्यसको केही समयपछि मेरो काका जम्मुकश्मिर पुग्नु भयो । काकाले के भनेर हो कुन्नी दाईलाई त्यहाँबाट भगाई दिनु भयो । जुन छोराका लागि नेपाल छोडी भारत जानु भयो, त्यही छोरा भागेपछि आमालाई थप पिडा भयो । दाई घरबाट हिडेको दुई बर्षपछि बुवाको साथी एक दिन घर आए । २०५० सालतिरको कुरा हो, उनले दाईलाई नैनितालमा देखेको बताए । आमाले तत्काल आलुखेति सवै छोडेर सवैलाई हिड्न भन्नु भयो हामी त्यहाँबाट हिड्यौ । चार दिन पैदल हिडेपछि गाडी भएको ठाउसम्म आइपुग्यौ । त्यो बेला हामीसँग भएको सवै पैसा सकियो ।

पैसा जुटाउन त्यही बालुवा चाल्ने र गिठी कुट्ने काम गर्न थाल्यौ । झण्डै चार हजार जति रमम जम्मा भयो । त्यही बेला दुई जना ट्याक्टर ड्राइभर मेरो नजिक हुन खोजिरहेका थिए । म १४ बर्षकी मात्र थिएँ । उनीहरुले जिस्क्याउदा पनि म नजिक भएकी थिइन् । एक दिन उनीहरुले भने ‘तिमी ठुली भइसक्यौ,अव आमा बाबुको बोझ बन्नु हुदैन, उनीहरुलाई तिमीले पाल्नु पर्दछ, हामीसँग हिड काम लगाई दिन्छौ ।’ कुरा सुनेर म छक्क परे र भने ‘मलाई राम्रो काम लगाई दिनेले किन ट्याक्टर चलाएर बसेको त ?’

बुवा आमासँग नजिक भइसकेका थिए । उनीहरुले बुवालाई छोरा खोज्न नैनितालसम्म जाने प्रस्ताव गरे । बुवाले हुन्छ भन्नु भयो । त्यो दिन हामी एउटा सामन्य होटलमा गएर वस्यौ । खाना खाएपछि मिठाई ल्याएर दिए । मैले खान मानिन् । बुवा र आमाले खाएपछि मैले पनि खाएँ । त्यसपछि म बेहोस भएँ । होस खुल्दा त म कश्मिर होइन मुम्बईको कोठीमा पाएँ । मलाई ती अपराधीहरुले १२ नम्बर गल्लीको एक कोठीमा बेचेर हिडेका रहेछन् । मलाई होस आउदा बन्द कोठमा थिएँ,कोठा बन्द गरिएको थियो । सुरुमा म कहाँ छु भन्ने पनि थाहा भएन, म आत्तिए । त्यही बेला एउटा मोटी महिला आई । उसले अव तिमीले धन्दा गर्नु पर्छ भनी । सुरुमा मैले धन्दा भनेको घरयासी काम होला भन्ने सोचे । मैले भने ‘मलाई सिकर्मी डकर्मी काम गर्न आउछ घरमा कहिले पनि काम गरेको छैन त्यसकारण म धन्दा गर्न सक्दिँना बुवा आमा भएको ठाउमा जान्छु । उसले मलाई जोडले भनि ‘चुप लाग’ त्यसपछि मैले फेरी सोधे धन्दा भनेको के हो ? उसले भनि ‘मान्छे खुसी बनाउनु पर्दछ’ मैले फेरी सोधे म यहाँ कसरी आँए ? उसले तिम्रा दुई जना दाईले लिएर आएका हुन् । उनीहरु बजारमा कपडा किन्न गएका छन् भनि । विहानदेखि साँझसम्म कुर्दा पनि उनीहरु आएनन् । त्यसपछि म जाँन्छु भन्दा त्यसले फेरी भनि ‘जाने होइन अव तेरो काम धन्दा गर्ने हो ।’

मैले पुनः सोधे ‘यो कुन ठाँउ हो’ उसले जवाफ दिई ‘बम्बई हो’ कहिले काँही आमा बुवाले बम्बईमा यस्तो काम हुन्छ भनेर कुरा गरेको सुनेकि थिएँ । पछि उनीहरुले मलाई यातना दिन थाले । म मर्छु वरु गर्दिना भने, यातना धेरै दिए । ‘तलाई पैसामा किनेको हो धन्दा नगर्ने भए यही खुकुरीले काटेर मारिदिन्छौ’ भनेर घाँटीमा खुकुरी राखे ।

मैले यो काम गर्नु भन्दा मर्नु बेश ठाँने र घाँटी तस्र्राएँ । यस्तै लडाई करिव एक महिनासम्म चल्यो । खाना पनि दिदैनथे, दैनिक पिट्ने काम मात्र गर्दथे । त्यहीबेला ती अपराधीहरुले दुई वटा ९ , १० बर्षका दुई किशोरीलाई फेरी ल्याएर आए । मेरै आँखा अगाडी बेचेर गए । एक जनालाई मैले भेटे र गालामा एक पटक उर्फेर हाने तर मेरो पछाडी भएका एक जनाले मलाई कुट्यो । फेरी कोठामा बन्द गरिदियो ।

त्यहाँ धन्दा गर्न मैले कुनैपनि हालतमा नमानेपछि उनीहरुले अर्काे घरमा मलाई फेरी बचे । त्यहाँ मलाई ग्याङ रेप गराइयो । त्यसपछि मैले मर्ने कोशिस गरे तर सकिन । अन्तः जीन्दगी यही रहेछ भन्ने सोचे । ५ महिनासम्म म धन्दामा लागे । सन् १९९६ मा हामीलाई त्यहाँबाट उद्दार गरि नेपाल ल्याइयो । म भाग्यमानी रहेछु भन्ने सँम्झे । १२८ जना हामीलाई उद्दार गरि नेपाल ल्याइयो । हामी बसेको चैनपुरबाट धेरै नेपालीलाई उद्दार गरिएको थियो । तर कतिपय नेपाल फर्किन चाहेनन् । कतिको एचआईभीका कारण मृत्यु पनि भयो । नेपाल आउदा हामी खुसी थियौ तर नेपाली समाज दुखी थियो । हामीलाई एचआईभीका पोका भनेर हेला गरिन्थ्यो । हामीलाई मुम्बईका बेश्या भनिन्थ्यो । जव इयरपोर्टमा आयौ, त्यो बेला पत्रकार र संघ÷संस्थाका मानिसको भिड थियो । कसैले फोटो खिचेर छाप्पी देला भन्ने पिर छुटै थियो । बेकारमा नेपाल किन आयौ होला जस्तो भयो ।

नेपाल फर्केका मध्ये हामी १५ जना मिलेर शक्ति समुह निर्माण गरयौ । शक्ति समुह निर्माण गर्दा नागरिकता नहुँदा ठुलो समस्या परेको थियो । नेपाल फर्किदा १२ जना हामी निकै नजिकका साथी थियौँ । ती मिलेर सन् २००० तिर संस्था दर्ता गरेका हौ । यहीबाट काम सुरु गरयौ । मेगासेस पुरस्कार देखि अहिले भर्खर सी टेन अवार्ड सम्म अहिले पाएकी छु ।

सुरुमा विवाह बाध्यात्मक थियो

मलाई नेपाल फर्केपछि विवाह गर्ने सोच थिएन । वाध्यता थियो सुरुमा । संस्था दर्ता गर्न चाहान्थे तर नागरिकता थिएन । नागरिकताका लागि विवाह गरे । आफ्नो पहिचानका लागि विवाह गरे, । मलाई सवै कुरा थाहा भइसकेको थियो । नेपाली केटा हेर्न पनि मन थिएन । पहिचानका लागि विवाह गरे । विवाहपछि परिवारमा निकै समस्या भयो । मेरो नन्दले मेरा बिषयमा धेरै कुरा गर्न थालिन । पछि सवैको मन जित्दै गएँ अहिले विवाह मेरा लागि खुसीको कुरा हो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.