ताजा अपडेट इन्डोनेशियामा ७ दशमलब ३ रेक्टरको भूकम्प ,सुनामीको चेतावनी



काठमाडौं, कार्तिक २९ । इन्डोनेशियाको पूर्वी क्षेत्रमा ७ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ । भूकम्प लगत्तै जारी गरीएको सुनामीको चेतावनी हटाइएको छ ।

यसअघि प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्प प्रभावित क्षेत्रको ३ सय किलोमिटर भित्रको समुन्द्र किनारमा खतरनाक लहर उठ्न सक्ने चेतावनी जारी गरिएको थियो ।

style="text-align: justify;">अमेरिकी भूगर्भ सर्वेक्षण विभागले सुनामीको केन्द्र मोलक्का द्विप कोटा टेरनेटबाट ४६ किलोमिटर उत्तर पश्चिम हुने बताएको थियो । पहिलो भूकम्पको झट्का लगत्तै ६ दशमलब २ रेक्टर स्केट मापन गरिएको अर्को भूकम्प पनि आएको थियो ।

इन्डोनेशियाको आचे प्रान्तमा सन् २००४ मा ९ दशमलब १ रेक्टर स्केटलको भूकम्प पछि आएको सुनामीका कारण २ लाख ५० हजार भन्दा बढीको मृत्यु भएको थियो ।


 http://imagekhabar.com/samachar/detail/43058/28/.shtml#sthash.yvlYUx23.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.