७२ लाख घुस प्रकरणपछि विमानस्थल भन्सारमा खैलाबैला : घुस काण्डमा भन्सार प्रमुखकै संलग्नता

                          

काठमाडौ–सुन तस्करीमा पक्राउ परेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउन गरिएको घुस काण्डमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख नै संलग्न रहेको तथ्य खुलेको छ । घुस लिदालिदै गत शुक्रवार राती पक्राउ परेका विमानस्थल भन्सार कार्यालयका नासु हरिबंश कार्की र शनिवार पक्राउ परेकिा अर्का नासु सुरेश थपलियाले घुस प्रकरणमा विमानस्थल भन्सार प्रमुख सुदीपचन्द्र शाहको संलग्नता रहेको तथ्य खोलेको छ । दुई नायबसुब्बाको बयानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल घुसप्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका निमित्त प्रमुख शाहलाई निलम्बन गर्न निर्देशन दिएको छ । भारतीय नागरिक सरकारलाई सुन तस्करीको मुद्दा मिलाइदिने भन्दै शुक्रवार सााझ २१ लाख रुपैंया घुस लिँदालिँदै पक्राउ परेका भन्सार कार्यालयका नासु हरिबंश कार्कीले निमित्त प्रमुखको आदेश पालना गरेको बयान दिएका थिए । उनीपछि थप ५१ लाख रुपैंयाासहित पक्राउ परेका अर्का नासु सुरेश थपलियाले पनि शाहकै निर्देशनमा सो रकम लिएको बयान दिएका थिए । सोही आधारमा अख्तियारले शाहलाई निलम्बन गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । अख्तियारका नासु कार्कीसहितका चार कर्मचारीले अबैध सुन पैठारी गरेको अभियोगमा मुद्दा खेपिरहेका भारतीय नागरिक अभिषेक सरकारको मुद्दा मिलाइदिने भन्दै करोड माथी  घुस मागेका थिए ।

http://www.onlinedainik.com/newspage.php?

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.