सलमानले दिए शाहरुखलाई विहेको निम्तो



एजेन्सी । सलमान खान र शाहरुख खान बलिउडमा चर्का प्रतिश्पर्धी हुन् । यी दुईका बीचमा लामो समयदेखि बोलचाल नै बन्द थियो । तर, अहिले आएर उनीहरुका बीचमासम्बन्ध सुमधुर बन्दै जान थालेको छ ।
त्यसैले त सलमानले शाहरुखलाई विहेको निम्तो दिएका छन् । तर, विहे सलमानको होइन । सलमानकी बहिनी अर्पिताको विवाहको रिसेप्सनमा आउन शाहरुखलाई निम्ता गरिएको हो ।

शाहरुखलाई विशेष प्राथमिकतामा राखेर निम्ता गरिएको छ । पार्टीमा अमिताभ बच्चन, अर्का चर्का खान अमिर खान, करिना कपुर, दीपिका कादुकोण, ऋतिक रोशन, अजय देवगन लगायतका सेदिब्रेटीलाई निम्त्याइएको छ ।
विवाह समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिआइपी गेष्टमा रुपमा सहभागी हुने पक्का भैसकेको छ । सलमानले बहिनीको विवाहमा करोडौं खर्च गर्ने बताइएको छ ।
सलमानले बहिनीको विवाह आयुष शर्मासँग नोभेम्बर २१ मा गराइदिँदै छन् । तर, उनको आफ्नै विवाह भने अनिश्चित छ ।

http://www.nepalsandesh.com/2014/11/10/109323#sthash.ZNauMdLp.jupnnzil.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.