डिम्पल गर्ल दीपिका ३०० करोड क्लबकी क्वीन


dip



मुम्बई । बलिउडकी डिम्पल गर्ल दीपिका पादुकोण तेस्रो पटक ३०० करोड क्लबकी क्वीन बनेकी छन् । सेक्सी अभिनेत्री कट्रिना कैफपछि यो स्थानमा आउने उनि पहिलो अभिनेत्री हुन् । चलचित्र ‘ह्याप्पी न्यु ईयर’को ब्यवसायले उनलाई यो स्थानमा पुऱ्याएको हो । यो चलचित्र दिपावलीको अवसर पारेर प्रर्दशनमा आएको थियो । ‘ह्याप्पी न्यु ईयर’को कमाई अहिलेसम्म ३७० करोड भन्दा माथी पुगेको छ । यस अगाडी दीपिकाकै अर्काे चलचित्र ‘चेन्नई एक्सप्रेस’ले ४२२ करोड कमाइ गरेको थियो भने ‘य जवानी है दीवानीले’ पनि ३११ करोड भन्दा बढी कमाई गरेको बताइन्छ ।

 यो ३०० करोड क्लबमा दीपिका भन्दा पहिले कट्रिना पुग्न सफल भएकी हुन् । उनका पनि तिन चलचित्र यो क्लबमा समावेश छन् । जस मध्य एक सबैभन्दा धेरै ब्यवसाय गर्ने चलचित्र ‘धुम ३’ पनि हो । ‘धुम ३’ले बक्स अफिसमा ५४२ करोड कमाइ गरेको थियो । यो बलिउडको अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने चलचित्र हो । ‘धुम ३’पछि कट्रिनाको ‘बैग बैग’ले ३८० करोडको ब्यवसाय गरेको थियो । उनको तेस्रो चलचित्र ‘एक था टाइगर’ हो । यो चलचित्रले ३२० करोडको ब्यवसाय गरेको थियो । त्यसो त यो क्लबमा करिना कपुर , ज्याकलीन फर्नाडीस र प्रियंका चेपाडा पनि सामेल छन् । ज्याकलीनको चलचित्र ‘किक’ले ३७७ , करीनाको ‘थ्री इडियट’ले ३९५ र प्रियंकाको ‘क्रिस ३ ’ले ३७४ करोडको कमाई गर्न सफल मानिन्छ । ( एजेन्सी )
 
http://www.nepalirajatpat.com/banner/

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.