कण्डमको मूल्य घटाउन अदालतको आदेश

1404_condomएजेन्सी । दिल्ली उच्च अदालतले औषधि मूल्य नियन्त्रण आदेश (डीपीसीओ) मा सामेल कण्डमको मूल्य घटाउने निर्णयलाई चुनौति दिने औषधि कम्पनीहरुको निवेदनमाथि फैसला गरेको छ ।
सरकारको तर्फबाट र औषधि कम्पनीको तर्फबाट बहस पुरा भएपछि मुख्य न्यायधीस जी. रोहिणी र न्यायधीस राजिव सहायले उक्त विषयमा फैसला सुनाएको हो ।
फैसला सुनाउनुअघि अदालतले सरकारलाईलाई उपभोत्ता प्रीमियम कण्डोमका लागि बढी पैसा तिर्न इच्छुक छन् भने किन घटाउने भन्ने प्रश्न गरेको थियो ।
यसको जवाफ दिदै सरकारले लग्जरी कण्डोमलाई डीपीसीओ बाहिर गरिदिएपनि कम्पनीले महंगो मूलयको कण्डोमको ठाउँमा सस्तो मुल्यका बजारमा ल्याउन थालेको बताएको थियो ।
यसअघि अदालतले लग्जरी कण्डोमलाई डीपीसीओ भन्दा बाहिर राख्न निर्देशन दिएको थियो । तर, सरकारले सबैलाई औषधि मूल्य नियन्त्रण आदेशभित्रै राख्नुपर्ने बताएपछि कण्डोम उत्पादक कम्पनीहरुले त्यसविरुद्ध निवेदन दिएका थिए ।
www.nepalsandesh.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.