भैंसी नब्याएपछी भैंसीलाई पनि मर्निंङ वाक

समयमै भैंसी नब्याएपछि पाल्पाको रामपुर नगरपालिका गेझाका किसानले भैंसीलाई मर्निङवाक गराउन थालेका छन् ।

बाँधेर मात्रै राखेका कारण यो समस्या भएको हुन सक्ने अनुमानका साथ उनीहरुले भैंसीलाई बिहानै गोठबाट फुकाएर घुमाउन थालेका हुन् ।

सामान्यतया ११ महिनामा भैंसी व्याउने भए पनि १२ देखि १४ महिना भइसक्दा पनि नब्याएकोले गेझाका किसानले यो उपाय निकालेको किसान कृष्णप्रसाद अधिकारीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

अधिकारीले पालेको भैंसी राँलो लिएको १३ महिना लागिसक्दा पनि व्याएको छ । अर्का किसान विष्णुप्रसाद अधिकारीको भैंसीले राँलो लगाएको १४ महिना हुँदासमेत नब्याएकोले समस्या बढेको छ ।

यस्तै समस्या दिननारायण श्रेष्ठ, मोहन भण्डारी, रेमपाल भण्डारीलगायतका किसानका भैंसीमा पनि देखिएका कारण उनीहरु सबैले ब्याउने भैंसीलाई मर्निङवाक गराउन थालेका हुन् ।

 उक्त क्षेत्रमा आधा दर्जन भन्दा बढी भैंसीमा यस्तो समस्या देखिएको छ ।
एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.